वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल
सोमबार, पुष २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला टोलीले आइसिसी यु–१९ महिला टी–२० विश्वकपअघिको अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्ने भएको छ।
मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ रोजेको हो। गत कात्तिकमा सम्पन्न एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलोपल्ट विश्वकपमा स्थान बनाएको हो।
१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछन्।
त्यसअघि नेपालले अभ्यासस्वरुप वेस्ट इन्डिज र अमेरिकासँग खेल्ने छ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

