सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

फिल्मको पैसाले अन्जिलाको घर बनाउने

आइतबार, २८ पौष २०८१खेलपाटी संवाददाता
फिल्मको पैसाले अन्जिलाको घर बनाउने
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाको वायोपिक ‘अन्जिला’ फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ।

यो फिल्मबाट उठेको पैसाले अन्जिलाको

बनाइदिने निर्देशक मिलन चाम्सले बताएका छन्।

‘हाम्रो प्रोड्युसरको लक्ष्य भनेको प्रोजेक्ट अन्जिला घर हो, अन्जिलाको घर बनाइदिने र यसमा दयाहाङ (राई) को विशेष साथ छ,’ निर्देशक चाम्सले भने, ‘फिल्मले व्यापार राम्रो गरोस्, नराम्रो गरोस्, जस्तोसुकै गरोस् तर पनि हामी कुनै पनि हालतमा अन्जिलाको घर बनाउँछौं भन्ने छ। प्रोड्युसरले योजना सुनाउनुभएको छ, राम्रो छ। दर्शकको साथ चाहिँ चाहिन्छ। घर बन्यो भने अन्जिलाको फुटबल एकेडेमी पनि बनाउनेछौं। अन्जिलाको घर बनाउने जतिको महान् कार्य अर्को हुँदैन।’

वीर विक्रम, गोर्खा वारियर, लिली बिलीलगायत झन्डै दर्जन फिल्म निर्देशक गरिसकेका चाम्सले अन्जिलाको घर काठमाडौं उपत्यकामै बनाउने पनि बताए। अहिले ग्रिसको शीर्ष डिभिजन क्लब नीस अत्रोमितोउमा खेल्ने तयारीमा व्यस्त रहेकी अन्जिला इलामकी हुन्। उनी अर्को महिना फोर नेसन्स कप खेल्न स्वदेश फर्किनेछिन्।

फिल्म कसरी बन्यो ? निर्देशक चाम्सले भने, ‘प्रेमकुमार श्रेष्ठ (निर्माता) को आइडिया सुनेपछि मन पर्‍यो। अन्जिलासँग धेरै चोटि कुरा भयो। रिसर्च गर्ने काम भयो। अनि अन्जिलाको संघर्षको सफलताले एकदमै मन छोयो। फिल्म पनि त्यस्तै बनेको छ। त्यस हिसाबले समाजमा राम्रो खालको सन्देश जाओस्, हाम्रो खेल क्षेत्रलाई पनि प्रवर्द्धन गरौं भन्ने हेतुले अन्जिलालाई प्रतिनिधि पात्रको रूपमा लिएर फिल्म निर्माण गरौं। सरकारले थाहा पाउँछ, आम मान्छेले पनि थाह पाउँछ भनेर बनाइयो।’

सशस्त्र प्रहरी बल (एपिएफ) मा आबद्ध अन्जिलाको खेल र जीवनको वास्तविक पाटोलाई समेटिएको वायोपिकको ‘प्रिमियर शो’ हङकङमा भइसकेको छ भने बेलायतमा फेब्रुअरी १४ मा हुँदैछ। प्रेमकुमार श्रेष्ठद्वारा निर्मित यो फिल्म नेपालमा फागुन २९ गतेदेखि प्रदर्शन गरिनेछ।

हेर्नुस् भिडियोमा

LiNing Ad
#फिल्मको पैसाले अन्जिला

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

एमबाप्पे फेरि निर्णायक

एमबाप्पे फेरि निर्णायक

 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने