• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्ने
खेलपाटी संवाददाता
शुक्रबार, पुस २६, २०८१ खेलपाटी संवाददाता
नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्ने

काठमाडौं । नेपाली कबड्डी टिमले पहिलोपल्ट विश्वकप खेल्ने भएको छ । ‘वुमेन्स कबड्डी वर्ल्डकप २०२५’ मार्चमा पटना, विहारमा आयोजना हुँदैछ, जसमा नेपाली राष्ट्रिय महिला  टिमले खेल्ने भएको हो ।

नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले भने, ‘नेपाली महिला टिमले दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद तथा आमन्त्रण प्रतियोगिताहरू धेरैपल्ट खेलेको छ । विश्वकप भने पहिलोपल्ट खेल्न लागेको हो ।’

नेपालले पछिल्लोपल्ट चीनको हाङचोउमा भएको १९ औं एसियाली खेलकुद २०२२ मा कांस्यपदक जितेको थियो ।

मुख्य प्रशिक्षक पार्वती राईले पनि नेपालले पहिलोपल्ट कबड्डी विश्वकप खेल्न लागेको पुष्टि गरिन् । उनले भनिन्, ‘म आफै खेलाडी हुँदा वल्र्ड च्याम्पियनसिप खेलेकी छु । पुरुष टिमले दुईपल्ट वर्ल्ड च्याम्पियनसिप खेलेको छ । तर, वर्ल्डकप खेल्न लागेको चाहिँ पहिलोपल्ट नै हो ।’ उनकै नेतृत्वमा नेपालले एसियाडमा कांस्य जितेको थियो ।

नेपाली महिला टिमल १३ औं सागमा रजत, ११ र १२ औं सागमा कांस्यपदक पनि हात पारेको थियो ।

नेपाल कबड्डी लिग (एनकेएल) को टिम जनकपुर नाइट्सका मुख्य प्रशिक्षकसमेत रहेकी राईकै नेतृत्वमा राष्ट्रिय महिला टिमले विश्वकप २०२५ को तयारी गरिरहेको छ । संघले १६ खेलाडीलाई समावेश गर्दै मंसिर १ देखि कागेश्वरी मनोहरामा बन्द प्रशिक्षण सञ्चालन गरेको छ । 

संघका महासचिव झाकाअनुसार फेरि एकपल्ट खेलाडीको छनोट गरी एनकेएलपछि नेपाली टिमले विश्वकपको तयारीमा एक महिना भारतमा प्रशिक्षण गर्नेछ । अहिले टिमलाई मुख्य प्रशिक्षक पार्वती राईसहित विष्णु भट्ट, लोकबहादुर विष्ट, हरिणा थापा र दिल्लीबाट आएका कोम सिंहले प्रशिक्षण दिइरहेका छन् ।

फेरि बिहारमा विश्वकप

महिला कबड्डीको लगातार दोस्रोपल्ट विहारमा हुन लागेको हो । सन् २०१२ मा भएको पहिलो संस्करण पनि पटनाकै पाटलीपुत्र स्पोर्ट्स कम्प्लेक्समा भएको थियो, जसमा अमेरिका, मेक्सिको, जापान, इटालीसहित १६ देशले प्रतिस्पर्धा गरेका थिए । सनसनीपूर्ण फाइनलमा इरानलाई हराएर भारत च्याम्पियन भएको थियो ।

वुमेन्स कबड्डी वर्ल्डकपको दोस्रो संस्करण पटनाकै ५ हजार दर्शक क्षमताको राजगिर स्पोर्ट्स एकेडेमीमा सञ्चालन गर्ने अन्तर्राष्ट्रिय कबड्डी महासंघले जनाएको छ ।

यसपाली नेपाल, भारत, चीन, जापान, दक्षिण कोरियासहित एसियाका ६ ९संभवत् पाकिस्तान पनि० तथा युरोप, अफ्रिका र दक्षिण अमेरिकासहित गरी कुल १४ देश सहभागि हुने बताइएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP