एनकेएल खेल्न श्रीलंकाली तीन खेलाडी आइपुगे
शुक्रबार, पुष २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलंकाबाट तीन खेलाडी आइपुगेका छन्।
अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन्। थानुसन र सन्जय जनकपुर नाइट्सबाट खेल्दैछन् भने गालापाथिगे धनगढी वाइल्डक्याट्सको जर्सीमा कोर्टमा उत्रिँदैछन्।
फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ। यसमा विदेशी १८ खेलाडी सहभागी हुँदैछन्, जसमा थाइल्यान्डका ६, बंगलादेशका ६, श्रीलंकाका ३ र केन्याका ३ खेलाडी छन्।
फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन्।






copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)





-1761808270369.png&w=3840&q=75)
