बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सन्दीपको अर्धशतकसँगै वडा नम्बर १३ लाई उपाधि

बिहिबार, पुष १८, २०८१मनोज थापा (हिमालयन मनोज)
सन्दीपको अर्धशतकसँगै वडा नम्बर १३ लाई उपाधि
Classic Tech Internet Ad

रूपन्देही। सन्दीप यादवको अर्धशतकसँगै वडा नम्बर १७ लाई पराजित गर्दै वडा नम्बर १३ ले तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका जितेको छ।

नवजीवन खेलमैदानमा बिहीबार भएको फाइनलमा वडा नम्बरले तीन रनको रोमाञ्चक जित हात पारेको हो। वडा नम्बर १३ ले दिएको १२० रनको लक्ष्य पछ्याएको वडा नम्बर १७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो।

वडा नम्बर १३ लाई जित दिलाउन अभिषेक विक र कृष्ण भुसालले समान तीन विकेट लिए। उनीहरूको कसिलो बलिङसामू वडा नम्बर १७ का ब्याटर टिकेर खेल्न सकेन।

लालबहादुर मलाहले सर्वाधिक ३० रन बनाए। २४ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। शिव न्यौपाने १९, सुरज चौधरी १७, सागर चौधरी १२ र घनश्याम चौधरी ११ रनमा आउट हुँदा अन्यको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन। वडा नम्बर १३ का लक्ष्मण कुमाल, लोकेश पाण्डे र अमन बोहराले पनि बलिङमा समान एक विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको वडा नम्बर १३ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९  रन बनाएको थियो। वडा नम्बर १३ का सन्दीपले सर्वाधिक ५२ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका प्रहार गरे। कृष्ण भूसाल २०,  श्रीधर बस्याल १७ र अमन बोहरा १३ रनमा आउट भए। 

वडा नम्बर १७ का सञ्जय पासवानको नाममा सर्वाधिक दुई विकेट रह्यो। फाइनल खेलको म्यान अफ द म्याच कृष्ण घोषित भए। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान वडा नम्बर १६ का विवेक अधिकारी रहे। उनले प्रतियोगिताभर १०४ रन बनाए।

सर्वाधिक ९ विकेट लिएका वडा नम्बर ६ का जय गोदार उत्कृष्ट बलर घोषित हुँदा उत्कृष्ट फिल्डर शिव न्यौपानले, उदीयमान खेलाडी सुसान्त सुवेदी र प्रतियोगिताको उत्कृष्ट खेलाडी अमन बोहरा रहे। अमनले प्रतियोगिताभर १०९ रन बनाउनुका साथै तीन विकेट लिएका थिए।

विजेता वडा नम्बर १३ ले  ५० र उपविजेता वडा नम्बर १७ ले ३० हजार रूपैयाँ प्राप्त गरे। उत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट फिल्डरले समान पाँच हजार रुपैयाँ पाए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो