• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फा सुर्खेत अध्यक्ष चन्दको पद संकटमा
खेलपाटी संवाददाता
बिहीबार, पुस १८, २०८१ खेलपाटी संवाददाता
एन्फा सुर्खेत अध्यक्ष चन्दको पद संकटमा

काठमाडौं । जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष रविन्द्र चन्द ठकुरीलाई बर्खास्तीको माग सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

जिल्ला संघसँग आबद्ध १७ मध्य मताधिकार प्राप्त १४ क्लबले अध्यक्ष चन्दलाई पदबाट बर्खास्तको माग सहित अखिल नेपाल फुटबल संघ एन्फामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

विधान विपरित चन्दले मनोमानी ढंगले संस्था चलाएको र बिना कारण क्लबलाई कारबाही गर्ने जस्ता कार्य गरेको भन्दै १४ क्लबले बर्खास्तीको माग गरेका हुन् । जसमा बी डिभिजनबाट ए डिभिजन प्रवेश गरेका थप २ क्लब समेत सामेल छन् । 

जिल्लाका १६ क्लबको तर्फबाट फ्रेन्डसिप स्पोर्ट्स क्लबका सचिव सरद भण्डारीले एन्फामा पत्र लेख्दै अध्यक्ष चन्दलाई बर्खास्त गरी तदर्थ समिति गठन गरेर नयाँ निर्वाचन गराउन माग गरेका छन् । एन्फा विधान अनुसार साधारण सभा बोलाउन माग गरिएको छ । 

जिल्लाका मताधिकार क्लबहरु ब्वाइज युनियन, फ्रेन्डसिप स्पोर्ट्स, बाबियाचौर स्पोर्ट्स, बुद्धपथ स्पोर्ट्स, कालिमाटी समाज सुधार युथ क्लब, न्यू जेनेरेसन युथ क्लब, सिरमोर युथा था खेलकुद क्लब, एविसी स्पोर्ट्स क्लब, भैरवि युवा क्बब, जीवन ज्योती युवा क्लब, विरेन्द्रनगर स्पोर्ट्स क्लब, एसओएस न्यू स्टार स्पोर्ट्स क्लब, शिव बिहार पुस्तकालय क्लब, जी अल क्लब तथा ए डिभिजनमा बढुवा भएका मेलकुना फुटबल क्लब र रोयल फुटबल क्लबले अध्यक्ष बर्खास्तीको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

एन्फा विधान अनुसार ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित विशेष साधारण सभा बोलाउन मिल्ने व्यवस्था अनुसार अविश्वासको प्रस्ताव उपर छलफल गर्न बैठक माग गरिएको फ्रेन्डसिप सचिव भण्डारीले बताए ।

बर्खास्तीको दबाब खेपिरहेका जिल्ला फुटबल संघ सर्खुेतका अध्यक्ष रविन्द्र चन्द ठकुरी राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्दका सहोदर दाजु हुन् । एन्फाको पछिल्लो निर्वाचनमा पैसा खर्च गरेर जिल्ला नेतृत्व हत्याएको आरोप उनीमाथि लाग्ने गरेको छ । 

नेतृत्वविरुद्ध जिल्ला संघका अधिकांश क्लब विरोधमा उत्रिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले विधान बमोजिम साधारण सभाको प्रकृया अघि बढाउन निर्देशन दिएको छ । महासचिव किरण राईले जिल्ला फुटबल संघलाई पत्र लेख्दै विशेष साधारण सभाको आयोजना गर्ने कार्यसमितिको निर्णयको प्रतिनिधि एन्फामा पठाउन निर्देशन दिएका छन् । जिल्लाभरका क्लबहरुको असन्तुष्टि र एन्फाको निर्देशनसँग आत्तिएका अध्यक्ष चन्द जिल्ला क्लबहरुलाई पुन प्रलोभनमा पारेर पद जोगाउन हार गुहार गरिरहेको एक क्लबका पदाधिकारीले बताए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP