बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा सुर्खेत अध्यक्ष चन्दको पद संकटमा

बिहिबार, १८ पौष २०८१खेलपाटी संवाददाता
एन्फा सुर्खेत अध्यक्ष चन्दको पद संकटमा
mustang rice ad

काठमाडौं । जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष रविन्द्र चन्द ठकुरीलाई बर्खास्तीको माग सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

जिल्ला संघसँग आबद्ध १७ मध्य मताधिकार प्राप्त १४ क्लबले अध्यक्ष चन्दलाई पदबाट बर्खास्तको माग सहित अखिल नेपाल फुटबल संघ एन्फामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

विधान विपरित चन्दले मनोमानी ढंगले संस्था चलाएको र बिना कारण क्लबलाई कारबाही गर्ने जस्ता कार्य गरेको भन्दै १४ क्लबले बर्खास्तीको माग गरेका हुन् । जसमा बी डिभिजनबाट ए डिभिजन प्रवेश गरेका थप २ क्लब समेत सामेल छन् । 

जिल्लाका १६ क्लबको तर्फबाट फ्रेन्डसिप स्पोर्ट्स क्लबका सचिव सरद भण्डारीले एन्फामा पत्र लेख्दै अध्यक्ष चन्दलाई बर्खास्त गरी तदर्थ समिति गठन गरेर नयाँ निर्वाचन गराउन माग गरेका छन् । एन्फा विधान अनुसार साधारण सभा बोलाउन माग गरिएको छ । 

जिल्लाका मताधिकार क्लबहरु ब्वाइज युनियन, फ्रेन्डसिप स्पोर्ट्स, बाबियाचौर स्पोर्ट्स, बुद्धपथ स्पोर्ट्स, कालिमाटी समाज सुधार युथ क्लब, न्यू जेनेरेसन युथ क्लब, सिरमोर युथा था खेलकुद क्लब, एविसी स्पोर्ट्स क्लब, भैरवि युवा क्बब, जीवन ज्योती युवा क्लब, विरेन्द्रनगर स्पोर्ट्स क्लब, एसओएस न्यू स्टार स्पोर्ट्स क्लब, शिव बिहार पुस्तकालय क्लब, जी अल क्लब तथा ए डिभिजनमा बढुवा भएका मेलकुना फुटबल क्लब र रोयल फुटबल क्लबले अध्यक्ष बर्खास्तीको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

एन्फा विधान अनुसार ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित विशेष साधारण सभा बोलाउन मिल्ने व्यवस्था अनुसार अविश्वासको प्रस्ताव उपर छलफल गर्न बैठक माग गरिएको फ्रेन्डसिप सचिव भण्डारीले बताए ।

बर्खास्तीको दबाब खेपिरहेका जिल्ला फुटबल संघ सर्खुेतका अध्यक्ष रविन्द्र चन्द ठकुरी राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्दका सहोदर दाजु हुन् । एन्फाको पछिल्लो निर्वाचनमा पैसा खर्च गरेर जिल्ला नेतृत्व हत्याएको आरोप उनीमाथि लाग्ने गरेको छ । 

नेतृत्वविरुद्ध जिल्ला संघका अधिकांश क्लब विरोधमा उत्रिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले विधान बमोजिम साधारण सभाको प्रकृया अघि बढाउन निर्देशन दिएको छ । महासचिव किरण राईले जिल्ला फुटबल संघलाई पत्र लेख्दै विशेष साधारण सभाको आयोजना गर्ने कार्यसमितिको निर्णयको प्रतिनिधि एन्फामा पठाउन निर्देशन दिएका छन् । जिल्लाभरका क्लबहरुको असन्तुष्टि र एन्फाको निर्देशनसँग आत्तिएका अध्यक्ष चन्द जिल्ला क्लबहरुलाई पुन प्रलोभनमा पारेर पद जोगाउन हार गुहार गरिरहेको एक क्लबका पदाधिकारीले बताए । 

LiNing Ad
#एन्फा सुर्खेत अध्यक्ष

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक