बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

तिलोत्तमा मेयर कपको उपाधिका लागि वडा नम्बर १७ र १३ भिड्ने

मंगलबार, पुष १६, २०८१मनोज थापा (हिमालयन मनोज)
तिलोत्तमा मेयर कपको उपाधिका लागि वडा नम्बर १७ र १३ भिड्ने
Classic Tech Internet Ad

रूपन्देही। तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १७ र १३ भिड्ने भएका छन्। फाइनल बिहीबार हुनेछ।

नवजीवन खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा वडा नम्बर ५ लाई २१ रनले हराउँदै वडा नम्बर १७ र वडा नम्बर ६ लाई दुईले हराउँदै वडा नम्बर १३ उपाधिनजिक पुगेका हुन्। पहिलो खेलमा वडा नम्बर १७ ले दिएको १४७ रनको लक्ष्य पछ्याएको वडा नम्बर ५ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो। 

वडा नम्बर पाँचका प्रतिक भट्टराईले सर्वाधिक ३४ रन बनाए। ओपनर विश्वास भट्टराई र मध्यक्रमका सुसान्त सुवेदी समान १६ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। वडा नम्बर १७ लाई जित दिलाउन मुनेश्वर चौधरीले सर्वाधिक तीन विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर १७ ले ६ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो। वडा नम्बर १७ का अजय यादवले अविजित रहँदै सर्वाधिक ३७ रन बनाए। उनी नै खेलको म्यान अफ द म्याच बनेर एक हजार रुपैयाँ प्राप्त गरे। यस्तै, सुरज चौधरीले अविजित रहँदै ३६ रन जोडेका थिए। वडा नम्बर ५ का गणेश पंगेनीले सर्वाधिक दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। 

अर्को खेलमा वडा नम्बर १३ ले दिएको १०४ रनको लक्ष्य पछ्याएको वडा नम्बर ६ ले सबै विकेट गुमाएर १०२ रन मात्रै बनाउन सक्यो। वडा नम्बर ६ का ओपनर सम्राट थापाले सर्वाधिक ३० रन बनाए। विशाल अधिकारीले २५ रनको योगदान दिँदा अर्को एन्डबाट कुनै ब्याटरले सहयोग नगर्दा वडा नम्बर ६ फाइनलबाट बञ्चित हुन पुग्यो। वडा नम्बर १३ लाई जित दिलाउन किशान भुसालले सर्वाधिक दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको वडा नम्बर १३ ले १० विकेट गुमाउँदै १०४ रन बनाएको थियो। वडा नम्बर १३ का अमन बोहराले सर्वाधिक ३४ रन बनाए भने श्रीधर बस्यालले १८ रनको योगदान दिए। अमन नै खेलको म्यान अफ द म्याच घोषित भए। वडा नम्बर ६ का जय गोदार क्षेत्री र राजिभ खड्काले समान दुई विकेट हात पारेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो