नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिप बुधबारदेखि
Title
बुटवल। मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप बुधबारदेखि हुने भएको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिताका खेल बुटवलको रामनगर खेलमैदानमा सञ्चालन हुनेछन्।
च्याम्पियनसिपको समुदघाटन एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने आयोजकले जनाएको छ। च्याम्पियनसिपको उद्घाटन कार्यक्रम बिहान ११ बजे हुनेछ। ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक करोड १० लाख ६० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ।
प्रतपयोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीसहित नेपाल आर्मी, एपिएफ, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्ल्ब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले सहभागिता जनाउने छन्।
प्रतियोगिताको विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख ७५ हजार रुपैयाँ पाउने फाउन्डेसनका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए।







-1759236169122.avif&w=640&q=75)








