रूपन्देही। वडा नम्बर १६ र ५ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
नवजीवन खेलमैदानमा सोमबार भएको क्वार्टरफाइनलमा वडा नम्बर १ लाई ६ विकेटले पराजित गर्दै वडा नम्बर १६ र वडा नम्बर ७ लाई ५१ रनले पराजित गर्दै वडा नम्बर ५ अन्तिम चारमा प्रवेश गरेका हुन्। योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएका छन्।
यसअघि वडा नम्बर २ लाई नौ विकेटले पराजित गर्दै वडा नम्बर १७ र वडा नम्बर १६ लाई ११२ रनले पराजित गर्दै वडा नम्बर ६ अन्तिम चारमा प्रवेश गरिसकेका छन्।