• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिक निर्वाचनको वैधानिकतामाथि उठ्यो प्रश्न !
खेलपाटी संवाददाता
सोमबार, पुस १५, २०८१ खेलपाटी संवाददाता
ओलम्पिक निर्वाचनको वैधानिकतामाथि उठ्यो प्रश्न !

काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीको निर्वाचनको वैधानिकतामाथि प्रश्न उठेको छ । 

नेपाल सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको प्रतिनिधित्व बिना शनिबार सम्पन्न निर्वाचनको वैधानिकतामाथि प्रश्न उठेको हो । 

सर्वोच्च अदालतको आदेश र नेपाल सरकारले दिएको निर्देशन विपरित शनिबार सम्पन्न गरिएको निर्वाचनबाट जीवनराम श्रेष्ठले आफुलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेका थिए । एकलौटी रुपमा जबर्जस्ती गरिएको निर्वाचनमा अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक कमिटी अफ एसियाबाट आधिकारिक प्रतिनिधि सहभागी थिएनन् । सरकार र आईओसीको प्रतिनिधि बिना सम्पन्न निर्वाचनको वैधानिकतामाथि एनओसीका पूर्व पदाधिकारीहरुले प्रश्न गरेका छन् ।

एनओसीकै पूर्व अध्यक्ष धुव्रबहादुर प्रधानले निर्वाचनमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले प्रतिनिधि पठाएको पत्र सहितको जवाफ नेपाल ओलम्पिक कमिटीले सार्वजनीक रुपमा दिनुपर्ने बताए । 

‘ओलम्पिक निर्वाचन आईओसीकै रोहवरमा हुन्छ । नत्र आईओसीले ओलम्पिक कमिटी अफ एसिया ओसिएबाट प्रतिनिधि पठाउँछ । यदी बिचबाट कोही मान्छेलाई घुसाएको हो भने त्यसलाई विश्वास गर्ने र मान्य कुरा हुदैन ।’ पूर्व अध्यक्ष प्रधानले खेलपाटीसँग भने । 

अनलाईनमार्फत कोठे निर्वाचन सम्पन्न गरेको नेपाल ओलम्पिक कमिटीले आईओसी र ओसिए नभएर साउथ एसिया ओलम्पिक काउन्सिलबाट प्रतिनिधिको रुपमा सोनाम कर्मा छिरिङलाई पर्यवेक्षक रुपमा सहभागी गराईएको जानकारी दिएको थियो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग गेम्स सञ्चालनका लागि गठन गरिएको अनौपचारिक फोरमको रुपमा रहेको साउथ एसिया ओलम्पिक काउन्सिलबाट प्रतिनिधि ल्याएर अवैधानिक रुपमा जीवनराम श्रेष्ठले ओलम्पिक चुनाव सम्पन्न गरेको आरोप लागेको छ । 

अध्यक्ष पदका उम्मेदवार रहेका एनओसीका निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटीको निर्वाचनको कुनै वैधानिकता नरहेको दाबी गर्छन् । ‘निर्वाचनमा आईओसी वा आईओसीको सिफारिसमा ओसिएबाट प्रतिनिधि हुनुपर्ने हो, तर व्यक्तिगत सम्बन्धका आधारमा कुनै वैधानिक हैसियत नरहेको साउथ एसियन ओलम्पिक काउन्सिलबाट प्रतिनिधि ल्याएर चुनावको नाटक गरेको देखिन्छ ।’ श्रेष्ठले भने । 

उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठले बहुमतका आधारमा विधान संशोधन गरेर चुनाव घोषणा गरेका थिए । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले विधान संशोधनलाई स्वीकृति नदिदै जीवनाराम श्रेष्ठले चुनावको घोषणा गरेर आफुलाई अध्यक्ष बनाउने प्रकृयालाई अघि बढाएका थिए । अन्तिममा चुनाव रोक्न सर्वोच्च अदालतले आदेश दिएपनि जबर्जस्ती रुपमा श्रेष्ठले अवैधानिक रुपमा अनलाईनमार्फत कोठे चुनाव सम्पन्न गराएका थिए । 

जीवनरामले जबर्जस्ती संशोधन गरेको विधान र चुनावलाई नेपाल सरकार, सर्वोच्च अदालत र अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मानेका छैनन् । अदालतको आदेश अवज्ञा गर्दै ओलम्पिक चुनावमा सहभागी हुने २० संघलाई नेपाल सरकारले कारबाहीको तयारी गरेको छ । राजनीतिक दलको झण्डा बोकेर खेलकुदमा नेता बनेका अधिकांश खेल संघका पदाधिकारीहरु जीवनराम नेतृत्वको ओलम्पिक चुनावपछि राजनीतिक रुपमा खराब तरिकाले ‘एक्सपोज’ भएका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP