घनश्यामसम्मिलित हरियाणाले जित्यो प्रो कबड्डी लिग
सोमबार, पुष १५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोका मगरसम्मिलित हरियाणा स्टीलर्सले प्रो कबड्डी लिगको उपाधि जितेको छ।
पुणेको बालेवाडीस्थित श्री शिव छत्रपति स्पोर्ट्स कम्प्लेक्समा आइतबार भएको फाइनलमा तीनपल्टको लिग विजेता पटना पाइरेट्सलाई ३२–२३ को स्कोरलाइनमा पराजित गर्दै हरियाणाले उपाधि जितेको हो।
लिग चरणमा शीर्ष स्थानमा रहेको हरियाणाका लागि शिवम पातारेले नौ, मोहम्मदरेजा शाडलोईले सात र विनयले थप ६ अंक जोडे।
हरियाणको यो पहिलो उपाधि हो।