बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

वडा नम्बर १७ र ६ सेमिफाइनलमा

आइतबार, पुष १४, २०८१मनोज थापा (हिमालयन मनोज)
वडा नम्बर १७ र ६ सेमिफाइनलमा
Classic Tech Internet Ad

रूपन्देही। वडा नम्बर १७ र ६ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

नवजीवन खेलमैदानमा आइतबार भएको क्वार्टरफाइनलमा वडा नम्बर २ लाई नौ विकेटले पराजित गर्दै वडा नम्बर १७ र वडा नम्बर १६ लाई ११२ रनले पराजित गर्दै वडा नम्बर ६ अन्तिम चारमा प्रवेश गरेका हुन्।

दिनको पहिलो खेलमा वडा नम्बर २ ले दिएको १०३ रनको लक्ष्य वडा नम्बर १७ ले ११.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। 

वडा नम्बर १७ का राजेश यादवले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। ३७ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। यसागर चौधरी २१ रनमा आउट हुँदा शिव न्यौपाने १० रनमा अविजित रहे।

 त्यसअघस टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर २ ले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनायो। वडा नम्बर २ का ओपनर आरस अर्यालले सर्वाधिक २८ रन बनाए। २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। रुपेश बस्याल र अभय ढकालले समान ११ रनको योगदान दिए।

वडा नम्बर २ का लालबहादुर मलाह र राजेश यादवले समान तीन विकेट लिए। अर्को खेलमा वडा नम्बर ६ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको वडा नम्बर १६ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो।

वडा नम्बर १६ का स्वस्तिक पराजुलीले सर्वाधिक ४६ रन बनाए। ५३ बल खेलेका उनले १० चौका प्रहार गरे। यस्तै, शम्भु खरेलले १२ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंकमा रन बटुल्न सकेनन्।

वडा नम्बर ६ का विकल अधिकारीले सर्वाधिक तीन विकेट लिए। रञ्जित खड्का र सम्राट थापाले समान दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर ६ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०४ रन बनाए।

वडा नम्बर ६ का विकल क्षेत्रीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। २७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे।

सम्राट थापा ४७ र थमन सिजाली ३५ रनमा आउट हुँदा अनिश क्षेत्री ३८ रनमा अविजित रहे। वडा नम्बर १६ का लोकबहादुर थापा र पदम भण्डारीले समान एक विकेट लिए।      

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो