बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

आइतबार, पुष १४, २०८१खेलपाटी संवाददाता
दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा
Classic Tech Internet Ad

काठमाडौं। दक्षिण अफ्रिकाले पहिलो टेस्टमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ। योसँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

दक्षिण अफ्रिकालाई जितका लागि १४८ रन चाहिएको थियो। उक्त लक्ष्य दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर भेट्टायो। दक्षिण अफ्रिका पहिलोपल्ट डब्लुटिसीको फाइनलमा प्रवेश गरेको हो।

डब्लुटिसीको फाइनल आगामी जुन ११ देखि जुन १५ सम्म हुनेछ। साथै एक दिनलाई रिजर्भ डेको रुपमा राखिएको छ। दक्षिण अफ्रिका डब्लुटिसीको अंक तालिकाको शीर्ष स्थानमा छ। ११ खेलमा सात जित हात पारेसँगै दक्षिण अफ्रिकाको अंक प्रतिशत ६६.६७ पुगेको छ। अब डब्ल्युटिसीको फाइनलमा पुग्ने दोस्रो टिम को हुन्छ, त्यो हेर्न बाँकी छ।

भारत र अस्ट्रेलिया अहिले दोस्रो स्थानका लागि भिडिरहेका छन्। पाँच खेलको टेस्ट शृंखला तीन खेलपछि १–१ को बराबरीमा रोकिएको छ। चौथो खेल मेलबर्नमा भइरहेको छ भने शृंखलाको अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुनेछ। यदि रोहित शर्माको टिमले यी दुई खेल जित्न सफल भयो भने टोली फाइनलमा पुग्ने दोस्रो टोली बन्न सक्छ। अस्ट्रेलिया ५८.८९ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेको भारतको ५५.८८ अंक छ।

दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। कामरान गुलामको अर्धशतकको मद्दतमा पाकिस्तानले २११ रन बनाएको थियो। बलिङतर्फ डेन प्याटरसनले पाँच तथा कोर्बिन बोस्चले चार विकेट लिए। जवाफमा एडेन मार्कराम (८९) र कोर्बिन बोश (८१ अविजित) को अर्धशतकीय इनिङ्समा ३०१ रनको लक्ष्य पछ्याउँदै घरेलु टोली दक्षिण अफ्रिकाले ९० रनको अग्रता लिएको थियो।

दोस्रो इनिङ्समा पाकिस्तानले २३७ रन बनाउँदा दक्षिण अफ्रिकाले १४८ रनको लक्ष्य पाएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको तेम्बा बावुमाको टिमले आठ विकेटको क्षतिमा १५० रन बनायो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो