• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिक चुनाव : खेल संघलाई कारबाहीको तयारी 
खेलपाटी संवाददाता
आइतबार, पुस १४, २०८१ खेलपाटी संवाददाता
ओलम्पिक चुनाव : खेल संघलाई कारबाहीको तयारी 

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ओलम्पिक निर्वाचनमा सहभागी हुने खेल संघलाई कारबाही गर्ने भएको छ ।

अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटिको मतदान प्रकृयामा सहभागी भएका २० खेल संघलाई मन्त्रालयले कारबाही गर्ने भएको हो । 

‘ओलम्पिक निर्वाचनमा भाग लिने खेल संघमाथिको कारबाही प्रकृया सुरु भैसक्यो । स्पष्टिकरण सोधिएको छ, अब त्यही अनुसार कारबाही हुन्छ ।’ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने । 

सर्वोच्च अदालतको आदेश र युवा तथा खेलकुद मन्त्रालयको निर्देशन विपरित शनिबार सम्पन्न ओलम्पिकको मतदान प्रकृयामा २० खेल संघ सहभागी थिए । सरकारले पटक पटक पत्र लेख्दै ओलम्पिक चुनावमा सहभागी नहुन र नगराउने खेल संघहरुलाई निर्देशन दिएको थियो । अदालतको आदेश र सरकारको निर्देशन विपरित ओलम्पिकमा आबद्ध २७ मध्य २० खेल संघ मतदानमा सहभागी भए । 

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा भएको चुनावबाट भागेका ४ खेल संघका प्रतिनिधि र चुनाव नगरि वैधानिक गुमाएका ७ वटा संघलाई बोकेर ओलम्पिक चुनावमा जीवनराम श्रेष्ठले आफुलाई अध्यक्षमा निर्वाचित गराएका छन् । 

शनिबारको ओलम्पिक निर्वाचनमा नेपाल कबड्डी संघ, नेपाल टेबल टेनिस संघ, नेपाल आर्चरी संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ, नेपाल बक्सिङ संघ, नेपाल क्यानोईङ र्याफ्टिङ संघ, नेपाल साईक्लिङ संघ, नेपाल गल्फ संघ, नेपाल जिन्म्याष्टिक संघ, नेपाल ह्यान्ड बल संघ, नेपाल जुडो संघ, नेपाल कराँते महासंघ, नेपाल टेबल टेनिस संघ, नेपाल स्कि संघ, नेपाल पौडी संघ, नेपाल तेक्वान्दो संघ, नेपाल भलिबल संघ, नेपाल भारत्तोलन संघ, नेपाल उसु संघका प्रतिनिधि सहभागी भएका थिए । 

ओलम्पिकमा आबद्ध ७ खेल संघले शनिबारको मतदान प्रकृया बहिष्कार गरेका थिए । अदालतको आदेशको पालना गर्ने भन्दै नेपाल ट्रायथलन संघ, नेपाल फेन्सिङ संघ, अखिल नेपाल फुटबल संघ, नेपाल एथलेटिक्स संघ, नेपाल कुस्ती संघ, नेपाल सुटिङ संघ, नेपाल हक्की संघले मतदान प्रकृया बहिष्कार गरे ।

मन्त्रालयको निर्देशनको राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई पत्र लेखेर अदालतको आदेश विपरित हुन लागेको ओलम्पिक चुनावमा सहभागी नहुन निर्देशन दिएको थियो । साथै राखेपले पुस ८ गते लन टेनिस, ब्याडमिन्टन, साईक्लिङ, जिन्म्याष्टिक, भारत्तोलन, एथलेटिक्स र ह्यान्ड बल संघलाई पत्र लेख्दै ओलम्पिकको कुनैपनि चुनावी प्रकृयामा सहभागी नहुन भनेको थियो । राखेपले चुनावी प्रकृयामा सहभागी भएको खण्डमा संघ विघठन गर्ने सम्मको चेतावनी दिएको थियो । चेतावनीका बाबजुत एथलेटिक्स बाहेक अन्य संघ ओलम्पिक चुनावमा सहभागी भएका छन् । 

‘अदालतको आदेश विपरित भएको ओलम्पिकको चुनावलाई सरकारले मान्यता दिदैन ।’ खेलकुद मन्त्री चौधरीले भने, ‘अदालतको आदेशको अपहेलना हुने निर्वाचनमा सहभागी नहुन खेल संघलाई पनि निर्देशन गरिएको थियो । त्यो पालना भएन । सरकारले ऐन, कानुन अनुसारको कारबाही प्रकृयालाई अघि बढाएको छ ।’ 


 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP