मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अदालत आदेश विपरित ओलम्पिकको ‘कोठे’ निर्वाचन सम्पन्न

शनिबार, १३ पौष २०८१खेलपाटी संवाददाता
अदालत आदेश विपरित ओलम्पिकको ‘कोठे’ निर्वाचन सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटिले शनिबार ‘कोठे निर्वाचन’ सम्पन्न गरेको छ । 

अवैधानिक तरिकाले विधान संशोधन गरेर घोषणा गरेको चुनावमा आफु अनुकुलका प्रतिनिधि छनोट गरेर नेपाल ओलम्पिक कमिटिले शनिबार अनलाईनमार्फत निर्वाचन सम्पन्न गरेको हो । 

निर्वाचन रोक्न सर्वोच्च अदालतले दिएको आदेश र निर्वाचनमा सहभागी नहुन युवा तथा खेलकुद मन्त्रालयले दिएको निर्देशनलाई चुनौती दिदै जीवनराम श्रेष्ठले अनलाईनमार्फत आफुलाई अध्यक्षमा निर्वाचित गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार निलेन्द्रराज श्रेष्ठले अदालतको आदेश उल्लंघन हुने भन्दै अनलाईन भोटिङमा सहभागी भएनन् । निलेन्द्रराज सहित ७ संघका प्रतिनिधिले शनिबारको निर्वाचन बहिष्कार गरेका थिए ।  

निर्वाचन समितिका संयोजक बसन्त बस्नेतले अनलाईनमा उपस्थित २० जना प्रतिनिधिले जीवनराम श्रेष्ठलाई मत दिएको बताए । उनले निर्वाचनले जीवनराम श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरिएको जानकारी दिए । 

एकलौटी रुपमा जीवनराम श्रेष्ठले घोषणा गरेको निर्वाचनमा उम्मेदवार बनेर निर्विरोध निर्वाचन भएका पदाधिकारी समेत अन्तिम मतदानमा सहभागी भएनन् । 

सर्वोच्च अदाललते बिहीबार निर्वाचन रोक्न नेपाल ओलम्पिक कमिटिको नाममा अन्तरिम आदेश दिएको थियो । उच्च अदालत पाटनको अबज्ञा गर्दै विधान संशोधन गराएका जीवनराम श्रेष्ठले सर्वोच्च अदालतको आदेशलाई कुल्चिदै अनलाईनमार्फत कोठे निर्वाचन सम्पन्न गराएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा आबद्ध भएका २७ संघलाई पत्र लेख्दै निर्वाचनमा सहभागी नहुन निर्देशन दिएको थियो । त्यसमा पनि चुनाव गर्न नसकेर तदर्थ अवस्थामा रहेका ७ संघलाई राखेपले पत्र लेख्दै ओलम्पिकको निर्वाचन प्रकृयामा सहभागी भएको पाईए विघठन गर्ने चेतावनी दिएको थियो । अदालतको आदेश र सरकारको निर्देशन विपरित शनिबारको अन्तिम निर्वाचन प्रकृयामा सहभागी संघ र त्यसका प्रतिनिधिलाई सरकारले कस्तो कारबाही गर्छ भन्ने विषय चासोको बनेको छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक