तिलोत्तमा मेयर कपको क्वार्टरफाइनल समीकरण पूरा
शनिबार, १३ पौष २०८१मनोज थापा (हिमालयन मनोज)
रूपन्देही। वडा नम्बर १३ र ७ को जितसँगै तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
नवजीवन खेलमैदानमा शनिबार भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा वडा नम्बर १३ ले ४ लाई ३८ रन र १५ ले ७ लाई ६ विकेटले पराजित गरेका हुन्।
वडा नम्बर १३ ले दिएको १७५ रनको लक्ष्य पछ्याएको वडा नम्बर ४ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो। अर्को खेलमा वडा १५ ले दिएको १२६ रनको लक्ष्य वडा ७ ले दुई बल बाँकी रहँदै चार विकेट गुमाएर पूरा गर्यो।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

