महोत्तरीमा जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’
शनिबार, पुष १३, २०८१खेलपाटी संवाददाता

महोत्तरी। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सले महोत्तरीमा ‘ट्रफी परेड’ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुस ६ गते सम्पन्न एनपिएल फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको थियो।
उपाधि जितेसँगै टोलीले मधेश प्रदेशका आठ वटै जिल्लामा ‘ट्रफी परेड’ गर्ने घोषणा गरेको थियो। जसअन्तर्गत शनिबार महोत्तरीमा ‘ट्रफी परेड’ निकालिएको हो। खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।









-1762997834781.jpeg&w=3840&q=75)




