• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नितिश : जसलाई क्रिकेटर बनाउन बुवाले सरकारी जागिर छाडे
खेलपाटी संवाददाता
शनिबार, पुस १३, २०८१ खेलपाटी संवाददाता
नितिश : जसलाई क्रिकेटर बनाउन बुवाले सरकारी जागिर छाडे

काठमाडौं। २८ डिसेम्बर २०२४ को दिन मुत्याला रेड्डीका लागि यस्तो क्षण बन्यो, जुन उनले आफ्नो बाँकी जीवनभर भुल्न सक्ने छैनन्।

यसै दिन उनका छोरा नितिशकुमार रेड्डी अस्ट्रेलियाको ऐतिहासिक मेलबर्न क्रिकेट मैदान (एमसीजी)मा नायकका रूपमा उदाए। ‘बक्सिङ डे’ टेस्टको तेस्रो दिन नितिशले अविजित १०५ रनको महत्त्वपूर्ण इनिङ्स खेलेर भारतलाई कठिन परिस्थितिबाट बाहिर निकाले।

नितिशले १७१ बलमा आफ्नो पहिलो टेस्ट शतक पूरा गर्नेबित्तिकै ‘स्ट्यान्ड’मा बसिरहेका मुत्यालाको आँखा भरियो। उनले हात जोडेर भगवानप्रति आभार प्रकट गरे।

‘हाम्रो परिवारका लागि यो एक विशेष दिन हो र जीवनमा यो दिन भुल्न सक्दैनौं,’ मुत्यालाले प्रसारणकर्ता फक्स स्पोर्ट्ससँग भने,‘उसले १४–१५ वर्षको उमेरदेखि नै राम्रो प्रदर्शन गर्दै आएको छ र अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा यो निकै विशेष अनुभूति हो। म निकै तनावमा थिएँ (जब नितिश ९९ रनमा थिए)। अन्तिम विकेट मात्र बाँकी थियो । धन्न मोहम्मद सिराज नट आउट रहन सफल भए।’

भारतका पूर्वमुख्य प्रशिक्षक रवि शास्त्रीले मेलबर्न क्रिकेट ग्राउन्डमा उपस्थित ८७ हजार ०७३  दर्शकको अगाडि नितिशले आफ्नो परिवारको अगाडि आफ्नो पहिलो टेस्ट शतक प्रहार गरेको क्षणलाई ‘केकमा आइसिङ’ को संज्ञा दिएका छन्।

यो शतकसँगै उनी जारी बोर्डर–गावस्कर ट्रफीमा भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। आठौं या त्योभन्दा कम नम्बरमा ब्याटिङ गरेर पनि अस्ट्रेलियाली भूमिमा टेस्ट शतक बनाउने उनी पहिलो भारतीय ब्याटर पनि हुन्।

सन् १९४८ मा विनु मान्कडले बनाएको १०५ रनपछि एमसिजीमा शतक बनाउने नितिश दोस्रो भारतीय खेलाडी बनेका छन् । मुत्यालाको खुसीका आँसु केवल उनको छोराको सफलताका लागि मात्र थिएन। यो क्षण उनले आफ्नो छोरालाई भारतका लागि खेल्न बलियो बनाउने आफ्नो त्याग र परिश्रमको पुष्टि पनि गर्थ्यो।

सन् २०१६ मा मुत्याला विशाखापट्टनमको हिन्दुस्तान जिंक लिमिटेडमा कार्यरत थिए। उनलाई त्यतिखेर राजस्थानको उदयपुरमा सरुवा गर्न लागिएको थियो। तर, नितिशको क्रिकेट करियर निर्माणमा ध्यान केन्द्रित गर्न मुत्यालाले २५ वर्षअगावै आफ्नो सरकारी जागिरबाट अवकास लिए।

नितिशलाई आफ्नो पूरा ध्यान दिन उनले यो कदम चालेका हुन्। आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि उनले नितिशको प्रशिक्षणका लागि कुनै कसर बाँकी राखेनन् र सम्भव भयसम्मका सबै सुविधा उपलब्ध गराइदिए। 

मुत्यालाले सन् २०१७ मा आफ्नो छोराले अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआइ)बाट उत्कृष्ट यु–१६ क्रिकेटरको अवार्ड पाएको दिनको सम्झिए। त्यति बेला नितिशले आफ्ना आदर्श क्रिकेटर विराट कोहली र उनकी पत्नी अनुष्का शर्मासँग ‘सेल्फी’ लिएका थिए। मुत्यालाको त्याग र नितिशको परिश्रमले मेलबर्न क्रिकेट ग्राउन्डमा एउटा ऐतिहासिक दिनलाई जन्म दिएको छ, जुन भारतीय क्रिकेटमा सदैव सम्झिइनेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP