जनकपुरधाममा जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’
शुक्रबार, पुष १२, २०८१खेलपाटी संवाददाता

महेन्द्रनगर। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरधाममा ‘ट्रफी परेड’ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुस ६ गते सम्पन्न एनपिएल फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको थियो। उपाधि जितेसँगै टोलीले मधेश प्रदेशका आठ वटै जिल्लामा ‘ट्रफी परेड’ गर्ने घोषणा गरेको थियो। जसअन्तर्गत शक्रबार जनकपुरधाममा ‘ट्रफी परेड’ निकालिएको हो।
रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट शिहान सुरू भएको ‘ट्रफी परेड’ थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो ।









-1762997834781.jpeg&w=3840&q=75)




