• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
को हुन् बुमराहलाई ‘धुने’ १९ वर्षीय ब्याटर कोन्स्टास ?
खेलपाटी संवाददाता
बिहीबार, पुस ११, २०८१ खेलपाटी संवाददाता
को हुन् बुमराहलाई ‘धुने’ १९ वर्षीय ब्याटर कोन्स्टास ?

काठमाडौं। बक्सिङ डे टेस्ट सुरु भएको छ। अस्ट्रेलियाले नाथन म्याकस्वीनीको स्थानमा १९ वर्षीय युवा ब्याटर साम कोन्स्टासलाई यो टेस्टमा स्थान दिएको थियो। भारतविरुद्ध उनले अर्धशतक प्रहार गर्दै टिम व्यवस्थापन र कप्तान प्याट कमिन्सको निर्णयलाई सही साबित गरे। १०० को स्ट्राइक रेटमा स्कोर गरेका उनले कीर्तिमान पनि बनाएका छन्। 

उनले अर्धशतक मात्र बनाएनन्, पहिलो बलदेखि नै भारतीय बलरमाथि दबदबा बनाए। कोन्स्टासले ६५ बलमा ६० रनको मनोरन्जनात्मक इनिङ्स खेले। यस इनिङ्समा उनले ६ चौका र दुई छक्का प्रहार गरेका थिए। उनले जसप्रित बुमराह र मोहम्मद सिराजजस्ता बलरलाई दबाबमा राख्न सफल भए। पहिलो १० ओभरमा अपरंपरागत सट खेलेका कोन्स्टासले ५२ बलमा आफ्नो अन्तर्राष्ट्रिय करियर र टेस्ट करियरको पहिलो अर्धशतक बनाए।

१९ वर्षीय ब्याटरले बुमराहलाई आफ्नो पहिलो खेलमा खुवै ‘धुए’। बुमराहले तीन टेस्टमा ५४ रन खर्चेका थिए र बक्सिङ डे टेस्टअघि आफ्नो पहिलो स्पेलमा आठ विकेट लिएका थिए। तर, यो इनिङ्समा उनले आफ्नो पहिलो ६ ओभरमा ३८ रन खर्चे। उनको इकोनोमी रेट ६ भन्दा माथि थियो।

Jasprit Bumrah reacts in the field, Australia vs India, 4th Test, Day 1, Melbourne, ICC World Test Championship, December 26, 2024बुमराहको छैटौं ओभरमा कोन्स्टासले १८ रन जोडे। त्यसपछि उनलाई बलिङ लाइनअपबाट हटाइयो। टेस्ट क्रिकेटको रेकर्ड उपलब्ध भएदेखि पहिलो १० ओभरमा २३ स्कूप वा रिभर्स स्कूप सट प्रहार भएका छन्। जसमध्ये पाँच वटालाई कान्स्टासले आफ्नो डेब्यु इनिङ्समा राखेका छन्।

बुमराहको पहिलो स्पेलमा कान्स्टासले ३३ बलमा ३४ रन बनाए। बुमराहले आफ्नो पहिलो स्पेलमा ब्याट्सम्यानविरुद्ध दिएको यो सर्वाधिक रन हो। यसअघि यो कीर्तिमान इङ्ल्यान्डका पूर्वकप्तान एलिस्टर कुकको नाममा थियो। उनले सन् २०१८ मा बुमराहको पहिलो स्पेलमा ४० बलमा २५ रन बनाएका थिए। सन् २०१८ मा आफ्नो डेब्यु टेस्टमा बुमराहको पहिलो स्पेलमा फाफ डु प्लेसिसले १८ बलमा २३ रन बनाएका थिए। 

Pat Cummins, Steven Smith, Sam Konstas and Alex Carey sing the national anthem, Australia vs India, 4th Test, Day 1, Melbourne, ICC World Test Championship, December 26, 2024

सन् २०१८ पछि कोन्स्टास टेस्ट इनिङ्समा बुमराहको बलमा दुई छक्का प्रहार गर्ने दोस्रो ब्याटर पनि बनेका छन्। यसअघि सन् २०१८ मा जोस बटलरले यस्तो गरेका थिए। कोन्स्टास अस्ट्रेलियाका लागि टेस्टमा अर्धशतक बनाउने दोस्रो कान्छो ब्याट्सम्यान पनि बने। उनले १९ वर्ष ८५ दिनको उमेरमा अर्धशतक बनाए हुन्। उनीभन्दा अगाडि इयान क्रेगले सन् १९५३ मा मेलबर्नमा दक्षिण अफ्रिकाविरुद्ध १७ वर्ष २४० दिनको उमेरमा अर्धशतक बनाएका थिए।

कान्स्टास बिहीबार अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा डेब्यु गर्ने चौथो कान्छो खेलाडी पनि बनेका छन्। उनले १९ वर्ष ८५ दिनको उमेरमा अस्ट्रेलियाका पूर्वकप्तान मार्क टेलरबाट ग्रिन क्याप प्राप्त गरेका थिए।

Sam Konstas watches a ball he reverse-scooped go all the way, Australia vs India, 4th Test, Day 1, Melbourne, ICC World Test Championship, December 26, 2024पर्थ टेस्टपछि भारतविरुद्धको दुई दिवसीय अभ्यास खेलमा कोन्स्टासको नाम चर्चामा आएको थियो। अस्ट्रेलियन पिएम ११ टोलीका लागि खेल्दै गर्दा कान्स्टासले भारतविरुद्ध शतक प्रहार गरेका थिए। कोन्स्टासले यस टेस्ट अघि ११ प्रथम श्रेणी खेलमा ४२.२ को औसतमा ७१८ रन बनाएका छन्, जसमा दुई शतक र तीन अर्धशतक समावेश छन्। सन् २०२४ मा अस्ट्रेलियालाई यू–१९ विश्वकप जिताउन कोन्स्टासले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

उनले सात इनिङमा २७.२८ को औसतमा एक शतकसहित १९१ रन बनाएका थिए। कान्स्टासले बोर्डर–गावस्कर ट्रफीअघि अस्ट्रेलिया ए र भारत ए बीचको दुई खेलको शृंखलामा पनि सहभागिता जनाएका थिए। यस क्रममा उनले चार इनिङ्समा ९२ रन बनाएका थिए।

यसमा म्याच विनिङ ७३ रनको अविजित इनिङ्स पनि समावेश छ। जारी शेफिल्ड शिल्ड सिजनमा कोन्स्टास पाँच खेलमा ५८.८७ को औसतमा ४७१ रनसहित पाँचौं सर्वाधिक रनकर्ता हुन्। यसमा दुई शतक र एक अर्धशतक समावेश छ। उनको उत्कृष्ट स्कोर १५२ रन हो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP