बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कुशल भन्छन्– जिमी निसमले आज ‘लुडो’ खेले

शनिबार, मंसिर २९, २०८१खेलपाटी संवाददाता
कुशल भन्छन्– जिमी निसमले आज ‘लुडो’ खेले
Classic Tech Internet Ad

काठमाडौं। चितवन राइनोजलाई नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा जित्नै पर्ने दबाब थियो र ३२ रनले जित्यो पनि। एक खेलअगाबै प्लेअफमा पुगिसकेको जनकपुर बोल्ड्ससँग एक समय चितवन निरीह देखिएको थियो। कारण हो, जिमी निसमको आक्रामक ब्याटिङ।

मध्यक्रमका ब्याटर जिमीले १८ बलमै अर्धशतक प्रहार गरे। यो एनपिएलकै छिटो अर्धशतक हो। पोखरा एभेन्जर्सका आन्द्रेस गौसले लुम्बिनीविरूद्ध शतक पूरा गरेको खेलमा २० बलमा ५० रन पूरा गरेका थिए। जिमीको उत्कृष्ट ब्याटिङसँगै जनकपुरले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। 

त्यसमाथि १५औं ओभरको पहिलो बलमा जिमीले जीवनदान पनि पाए। सोहिल तन्वीरको बलमा लामो सट खेल्ने क्रममा उनी क्याच भएका थिए। तर, सो बल नो बल भयो। त्यतिबेला निशमले ५८ रन जोडेका थिए। त्यसपछिको फ्रि हिटमा छक्का प्रहार गरेका जिमी चौथो बलमा भने आउट भए। निशमले २४ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६५ रन जोडे। 

चितवनका कप्तान कुशल मल्ल निसमको यस किसिमको ब्याटिङलाई लुडो खेलाइएको संज्ञा दिन्छन्। भन्छन्, ‘मलाई लाग्छ उनी लुडो खेलिरहेका थिए।’ जनकपुरलाई हराउन जिमीले नै निर्णायक भूमिका खेले। असमझदारीका कारण जनकपुरले चार बलको बीचमा मोहमद मोसिन र अरनिको यादव रनआउटबाट गुमायो। आफैं पनि १४.४ ओभरमा तन्वीरको बलमा रिजन ढकालबाट क्याच आउट भएसँगै चितवन खेलमा फर्किन सफल भयो। 

चितवनलाई जित दिलाउन जिमीले मात्रै होइन, कप्तान कुशलले पनि उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले कुशलको ७२ रनको इनिङ्समा १८० रनको योगफल खडा गरेको थियो। कुशलले पाँचौं विकेटका लागि रवी बोपारासँग ११३ रनको साझेदारी गरे। ४१ बलमा तीन चौका र सात छक्का प्रहार गरेका कुशल १८.४ ओभरमा अनिलकुमार साहबाट क्याच आउट भए। ४४ रन बनाएका रवी पनि अन्तिम चार बल बाँकी रहँदा अनिलबाटै क्याच आउट भए। कुशलको ब्याटबाट एनपिएलमा पहिलो अर्धशतक बनेको हो। यो खेल गर या मरको स्थितिमा रहेको कारण यस्तोमा राम्रो ब्याटिङ हुनु सुखद् पक्ष रहेको उनी बताउँछन्। 

‘मैले लामो समयपछि राम्रो प्रदर्शन गरें। आजको खेल गर या मरको अवस्थाम थियो। त्यसैले राम्रो प्रदर्शन गर्नुपर्थ्यो। भयो पनि,’ उनले भने। कुशलले ब्याटिङमा मात्रै होइन, बलिङमा पनि आफ्नो जादू चलाए। चार ओभरमा २६ रन खर्चिएका उनले शुभ कंसाकार र ललितनरायण राजवंशीको विकेट पनि लिए। त्यस्तै मोहसिनलाई रन आउट पनि बनाए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा