एनपिएल हेर्न त्रिवि पुगे लारा
शनिबार, मंसिर २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। वेस्ट इन्डिजका महान् पूर्वक्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्। उनी शनिबार बिहान नै मैदान पुगेका थिए। उनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबीचको खेल पनि हेरे।
गतवर्ष नेपाली क्रिकेट टोली आइसिसी टी-२० विश्वकपमा छनोट हुँदा बधाई दिँदै उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका थिए। उनलाई एनपिएलका खेल अवलोकन गराउन नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ल्याएको हो।














-1763024272658.jpeg&w=3840&q=75)