रिजनले लिए एकै ओभरमा दुई विकेट
शुक्रबार, मंसिर २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजका बाँया हाते तीव्र गतिका बलर रिजन ढकालले नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका थिए। उनको यो निर्णय विराटनगरका लागि घातक बन्यो। रिजनले पहिलो ओभरको दोस्रो बलमै लोकेश बमलाई बोल्ड गरे।
पाँचौं बलमा दिपक बोहरालाई पनि उनले चार रनमा बोल्ड गरे।














-1763024272658.jpeg&w=3840&q=75)