कर्णालीको चौथो जितले प्लेअफ समीकरण जटिल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार चौथो जित हासिल गरेको छ। शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सलाई कर्णालीले पाँच रनले पराजित गरेको हो। योसँगै एनिएलको प्लेअफ समीकरण झन जटिल बनेको छ।
१० अंकसहित जनकपुर बोल्ड्स प्लेअफमा पुगिसक्दा दुई खेल खेल्न बाँकी सुदूरपश्चिमको आठ अंक छ। कर्णालीले पनि समान अंक पुर्याएको छ। दुई खेल खेल्न बाँकी चितवन राइनोजको ६ अंक छ। यस्तै, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सको समान चार अंक छ। योसँगै लुम्बिनीले दुई अंकसहित एनपिएल टुंगाएको छ।
कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनिले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२३ रन मात्रै बनाउन सक्यो।
अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि नौ रन चाहिएको थियो। तर, नन्दन यादवले सुरुका दुई बल डट राखे। तेस्रो बलमा रोमन साइमोन्डलाई एक रन दिएपछि कर्णाली खेलमा फर्किएको थियो।उनले चौथो र पाँचौं बलमा समान एक रन दिए। अन्तिम बलमा जितका लागि ६ रन चाहिएको बेला तिलक भण्डारीले कुनै रन लिन सकेनन्।
तिलक तीन र रोमन चार रनमा अविजित रहे। लुम्बिनीका टम मुर्सले सर्वाधिक ३६ रन बनाए। ३५ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। सन्दीप जोरा २४, आशुतोष घिरैया १६, अर्जुन साउद १३ र रोहितकुमार पौडेल १० रनमा आउट भए।
कर्णालीका जिशन मक्शूदले सर्वाधिक दुई विकेट लिए। सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोको नाममा समान एक विकेट रह्यो।














-1763024272658.jpeg&w=3840&q=75)