लुम्बिनीलाई सम्मानजनक लक्ष्य
-1734065077.jpeg&w=3840&q=75)
काठमाडौं। मध्यक्रमका विलियम बोसिस्टो र अर्जनु घर्तीबीच अर्धशतकीय साझेदारी भएसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई सम्मानजनक लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रन बनाएको हो। योसँगै लुम्बिनीले १२९ रनको लक्ष्य पाएको छ।
लगातार चौथो जितको प्रयासमा रहेको कर्णालीलाई मध्यम योगफलमा पुर्याउन विलियम र अर्जुनले पाँचौं विकेटका लागि ७२ रनको साझेदारी गरे। २५ बलमा दुई चौका र एक छक्का प्रहार गरेका अर्जुन १८,५ ओभरमा रोमन सिमोन्ड्सबाट कट एन्ड बोल्ड भए। अर्को ओभरमा ४४ रन बनाएर खेलिरहेका विलियम पनि विकाश आग्रीको बलमा एलबिडब्यु आउट भए।
उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे। कर्णालीका ओपनर बाबर हयातले २०, चाड्विक वाल्टनले १३, गुल्शनकुमार झाले आठ र देव खनालले तीन रन थपे।
लुम्बिनीका विकाश आग्रीले सर्वाधिक तीन विकेट लिए। दुई ओभर बलिङ गरेका उनले १४ रन खर्चिए। तिलक भण्डारीले सर्वाधिक दुई तथा रोमन, साद बिन जाफर र रोहितकुमार पौडेलको नाममा समान एक विकेट रह्यो।














-1763024272658.jpeg&w=3840&q=75)