नेपाल आइपुगे लारा
शुक्रबार, मंसिर २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। वेस्ट इन्डिजका महान् पूर्वक्रिकेटर ब्रायन लारा शुक्रबार नेपाल आइपुगेका छन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकन गर्न उनी नेपाल आएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी एनपिएल हेर्न शुक्रबार नै कीर्तिपुर आउने छन्। गतवर्ष नेपाली क्रिकेट टोली आइसिसी टी-२० विश्वकपमा छनोट हुँदा बधाई दिँदै उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका थिए। उनलाई एनपिएलका खेल अबलोकन गर्ननेपाल ल्याउने तयारी गरिएको क्यानले जनाएको छ।














-1763024272658.jpeg&w=3840&q=75)