ब्याटिङमा कर्णालीको संघर्ष
शुक्रबार, मंसिर २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। प्लेअफ पुग्न जित्नै पर्ने खेलमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध ब्याटिङमा संघर्ष गर्नुपरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी कप्तान रोहितकुमार पौडेलले टस जितेर कर्णालीलाई पहिला ब्याटिङको निम्तो दिएका थिए। तर, ओसिलो आउटफिल्डमा कर्णालीले ब्याट चलाउन सकेन। ओपनर देव खनाल तीन, बाबर हयात २०, चाड्विक वाल्टन १३ र गुल्शनकुमार झाले आठ रन मात्रै बनाउन सके।
लुम्बिनीका तिलक भण्डारीले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएका छन्। साद बिन जाफर र कप्तान रोहितकुमार पौडेलको नाममा एक विकेट छ।














-1763024272658.jpeg&w=3840&q=75)