सुपर ओभरमा विराटनगरलाई १९ रनको लक्ष्य
बिहिबार, मंसिर २७, २०८१खेलपाटी संवाददाता
-1733984425.jpeg&w=3840&q=75)
काठमाडौं। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को सुपर ओभरमा १९ रनको लक्ष्य पाएको छ।
रेमन रेइफरको आक्रामक ब्याटिङसँगै पोखरा एभेन्जर्सले सुपर ओभरमा १८ रन जोडेको हो।
सुपर ओभरमा रेमन रेइफरले सन्दीप लामिछानेको बलमा लगातार दुई छक्का प्रहार गरे। तेस्रो बल सन्दीपले डट राखे। तर, चौथो बलमा रेइफरले पुन: चौका प्रहार गर्दै पोखरालाई मजबुत अवस्थामा पुर्याए। पाँचौं बलमा सन्दीपले एक रन दिए। अन्तिम बलमा आन्द्रेस गौसले एक रन लिएपछि विराटनगरले सुपर ओभरमा १९ रनको लक्ष्य पायो।














-1763024272658.jpeg&w=3840&q=75)