सुदूरपश्चिमसामु धरासायी बन्यो जनकपुर
बुधबार, मंसिर २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम रोयल्सले दिएको १२४ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ड्सको ब्याटिङ धरासायी बनेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले ३७ रन बनाउन नै ६ विकेट गुमाएको हो। जनकपुरले पहिलो पावर प्लेमै पाँच विकेट गुमाएको थियो।
ओपनर तथा कप्तान अनिलकुमार साह र मध्यक्रमका शुभ कांशाकारले खाता खोल्न सकेनन्। आसिफ शेख चार, लाहिरू मिलान्था सात, हर्ष ठाकर पाँच र जेमी निसम चार रनमा पभिलियन फर्किए।
यसक्रममा दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए। सैफ जैबको नाममा एक विकेट रह्यो।














-1763024272658.jpeg&w=3840&q=75)