जनकपुरले गुमायो तीन विकेट
बुधबार, मंसिर २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ड्सले दुई ओपनरसहित तीन विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ। तर, जनकपुरले सुरुआत भने राम्रो गर्न सकेको छैन। सात बल खेलेका अनिललाई सैफ जैबबाट शून्य मै बोल्ड भए।
अर्को ओभरको चौथो बलमा अर्का ओपनर आसिफ शेख पनि चार रनमा क्याच आउट भए। लगत्तै हर्मीत सिंहबाट हर्ष ठाकर रन आउट भए।














-1763024272658.jpeg&w=3840&q=75)