पहिलोपल्ट शून्यमा आउट भए दीपेन्द्र
बुधबार, मंसिर २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सविरुद्ध शून्यमै पभिलियन फर्किएका छन्।
एनपिएलमा उनी पहिलोपल्ट खाता नै नखोली आउट भएका हुन्। विराटनगर किङ्सविरुद्धको पहिलो खेलमै अविजित ५७ रनको सानदार इनिङ्स खेलेका उनले काठमाडौं गुर्खाज पनि ४३ रन बनाए।
लुम्बिनी लायन्सविरुद्ध ३९ रनको अविजित इनिङ्स खेलेका उनी चितवन राइनोजविरुद्ध भने एक रनमै पभिलियन फर्किएका थिए।














-1763024272658.jpeg&w=3840&q=75)