भारतबाट यु–१९ विश्वकप जितेका सिंह सुदूरपश्चिममा
मंगलबार, मंसिर २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेको छ।
अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका हुन्।
उनले २३ टी–२० आई र १० ओडिआई खेलेका छन्। भारतबाट यु–१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो भएको छ।
सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिमले लिगको चार खेलमा ३ जितसहित ६ अंक जोडिसकेको छ।














-1763024272658.jpeg&w=3840&q=75)