शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय ‘बी’ चेसमा नायुमाको उत्कृष्ट सुरुआत

मंगलबार, मंसिर १८, २०८१खेलपाटी संवाददाता
राष्ट्रिय ‘बी’ चेसमा नायुमाको उत्कृष्ट सुरुआत
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिपको पहिलो दिन मंगलबार अनरेटेड खेलाडी नायुमा मगरले दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेकी छन् । उनीसँगै महिलातर्फ चार र पुरुष सात खेलाडीले सुरुआती दुवै चरणमा जित हात पारे ।

भक्तपुरस्थित नङ्खेलमा आयोजित प्रतियोगितामा महिलातर्फ हिमालयन चेस एकेडेमीकी नायुमासँगै काठमाडैंकी विनिता कपाली, झापाकी पुनम प्रसाइँ र ईशा गिरिले दुवै खेल जितेर समान २–२ अंक जोडेका हुन् ।

१० वर्षीया नायुमाले चितवनकी १५७० रेटेड उजिभानी कँडेलविरुद्ध एक अंक खोस्दै फिडे रेटिङमा नाम लेखाउने पक्का गरिन् । त्यसपछि उनले हिमालयन चेस एकेडेमीकै ज्योत्स्ना महर्जनलाई पनि पराजित गर्दै २ अंक बनाएकी हुन् । उनले तेस्रो चरणमा १५८८ रेटेड ईशाको सामना गर्नेछिन् । ईशाले पहिलो दिन श्रीशा दुवाल र निहाना श्रेष्ठविरुद्ध पूरा अंक हासिल गरिन् ।

क्लासिकल चेसको पाँच दिने प्रतियोगिताको पहिलो चरणमा १६५२ रेटेड विनिताले एन्जल महर्जन र दोस्रोमा लक्ष्मी कँडेललाई पराजित गर्दै सुखद् सुरुआत गरिन् । उनले तेस्रो चरणमा १५२८ रेटेड पुनमविरुद्ध खेल्नेछिन् । पुनमले माथिल्लो वरीयताकी शान्तिम धिमाल (१६७८ रेटिङ) र सुशीला गुरुङ (१६०१) लाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेकी छिन् ।

पहिलो चरणमा बाई पाएकी निहानासँगै शान्ति, सुशीला, उजिभानी, लक्ष्मी कँडेल र एन्जल समान १ अंकसहित शीर्ष १० मा छन् । 

पुरुषतर्फ पहिलो दिन फिडे मास्टरद्वय रिजेन्द्र राजभण्डारी र रुपेश जैसवाल, क्यान्डिडेट मास्टर मिलन लामासहित पुरुषोत्तम सिलवाल, आशिष फुयाँल, धीरेन राई र सानुराज बज्राचार्यले सुरुआती दुवै चरणका खेल जितेर २–२ अंक बनाएका छन् ।

स्वीस प्रणालीको आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ नौ चरणमा प्रतिस्पर्धा हुनेछ  । महिलातर्फ १७ र पुरुषमा ४० खेलाडी सहभागि छन् । दुवै स्पर्धामा शीर्ष नौ खेलाडी राष्ट्रिय ‘ए’ चेस च्याम्पियनसिपमा छनोट हुनेछन्, जुन माघ दोस्रो साता हुने बताइएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी