सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिकविरुद्ध संघहरू आन्दोलनमा

आइतबार, १६ मंसिर २०८१खेलपाटी संवाददाता
ओलम्पिकविरुद्ध संघहरू आन्दोलनमा
mustang rice ad

काठमाडौं। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएता पनि सदस्यता नदिएको भन्दै विभिन्न ६ संघ आन्दोलनमा उत्रिएका छन्।

नेपालको कानुन अनुसार र राष्ट्रिय खेलकुद परिषद्को नियमानुसार आफ्नो नियमित गतिविधि गर्दै तथा अद्यावधिक निर्वाचन गरेका र अन्तर्राष्ट्रिय महासंघबाट मान्यता पाए पनि कमिटीले सदस्यता नदिएको भन्दै नेपाल घोडचढी संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ, नेपाल बेसबल तथा सफ्ट बल संघ, नेपाल क्लाइबिङ स्पोर्टस्‌ र नेपाल आइस हक्की संघले आफूहरू अन्यायमा परेको भन्दैआन्दोलनमा उत्रिन परेको जनाएका हुन्।

‘खेल संघहरू नेपालको खेलकुद सञ्चालन हुने खेलकुद विकास ऐन २०७७ को धारा १८ को परिच्छेद ८ बमोजिम नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य छौं, त्यसै गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टरको धारा २८ को उपधारा १ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट स्वीकृत नेपाल ओलम्पिक कमिटीको विधान - २०७६ को धारा १० को उपधारा २ बमोजिम पनि सदस्य बन्न योग्य छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

नेपाल घोडचढी संघले सन् २०१९, २०२३ सदस्यताको लागि आवेदन दिएको र अन्तर्राष्ट्रिय घोडचढी महासंघे समेतले नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गरिसकेको जनाएको छ। यस्तै, नेपाल रग्बी संघले वि.सं. २०७५, २०७९, २०८० र नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघले २०७३, २०७९ र २०८० मा आवेदन दिएको तथा वर्ल्ड स्केट समेतले पत्रमार्फत सदस्यताका लागि नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल बेसबल तथा सफ्ट बल संघले २०७२, २०७५ र २०८० मा सदस्यताको लागि आवेदन दिएकोमा तथा अन्तर्राष्ट्रिय बेसबल सफ्ट बल महासंघले पूर्ण सदस्य बन्न योग्य रहेकाले सदस्यता दिन पत्राचार गरेको, त्यसै गरी नेपाल क्लाइबिङ स्पोर्टस्‌ले २०७२ र २०८० मा सदस्यताको लागि आवेदन दिएको साथै नेपाल आइस हक्की संघले २०७५ र २०८० मा सदस्यताको लागि आवेदन दिएको साथै २०८० मा संयुक्त रूपमा नौ वटा संघहरूले सदस्यताको विषयमा नेपाल ओलम्पिक कमिटीसँग जवाफ माग गरेको बताइएको छ। साथै राष्ट्रिय खेलकुद परिषद्ले २०८० जेठ २ गते नेपाल ओलम्पिक कमिटीलाई सदस्यता किन नदिइएको भन्ने विषय समेत सम्झाएको उनीहरूको जिकिर छ ।

‘नेपालमा ओलम्पिक कमिटीले हामीलाई यी प्रक्रिया पुगेन त्यसैले सदस्यता दिन मिल्दैन पनि भनिँदैन र आजसम्म सदस्यता पनि दिइएको छैन । यसरी सदस्यता नदिनुको कुनै आधार कारण पनि नदिने सदस्यता पनि नदिई हामीलाई स्थापनाको समयदेखि नै अनिर्णयको बन्दी बनाई राखिएको छ । जुन प्राकृतिक न्यायको सिद्धान्तभन्दा विपरीत छ,’उनीहरूले विज्ञप्तिमा भनेका छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?