शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफबाट नेपाल ‘अपग्रेड’ हुन्छ !

आइतबार, ०२ मंसिर २०८१खेलपाटी संवाददाता
साफबाट नेपाल ‘अपग्रेड’ हुन्छ !
Loading ad...
mustang rice ad

काठमाडौं। ११ वर्षपछिको भेट, त्यसमाथि पाँच महिनापछि मैदान उत्रिनुको बेग्लै उत्साह। त्यसैले नेपाली टोली कुनै बेला आफ्नै क्षेत्र (दक्षिण एसियाली फुटबल महासंघ साफ) बाट खेल्ने अफगानिस्तानविरुद्धको खेललाई लिएर निक्कै उत्साहित थियो।

अझ अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले त ताजिक राजधानी डुसान्बे उड्नुअघि नै दबीसाथ भनिसकेका थिए, ‘घरेलु टोलीलाई रोक्छौं। तर, अफगानिस्तानलाई त जसरी भए पनि हराउँछौं।’ 

फिफा वरीयतामा आफूभन्दा ७१औं स्थानमाथि रहेको ताजिकस्तानविरुद्ध उत्रिनु नै नेपालको लागि ठूलो कुरा हो। किनभने यति ठूलो टोलीसँग नेपालले खेल्ने अवसर प्राप्त गर्ने भनेकै विश्वकप र एसिया कप छनोटमा मात्रै हो। तर, यसपल्ट ताजिकिस्तानले नै नेपाललाई मैत्रीपूर्ण खेलमार्फत उक्त अवसर जुराइदियो। पहिलो खेलमा उसलाई घरेलु मैदानमै रोक्ने लक्ष्य बुने पनि त्यो सफल भएन र नेपालले ४–० को फराकिलो हार बेहोर्‍यो।

त्यसैले दोस्रो खेलमा पनि नेपालले वरीयतामा आफूभन्दा २५ स्थान माथि रहेको अफगानिस्तानसँग सोही खराब लय त दोहोर्‍याउने होइन भन्ने शंका उब्जियो। हुन पनि हो। कुनै बेला आफू हाबी हुने विपक्षीविरुद्ध नेपालले जित हात नपारेकै १३ वर्ष भइसकेको थियो। त्यसमाथि साफबाट आफ्नो सदस्यता मध्य एसियाली फुटबल संघ (काफा) सारेको अफगानिस्तानले कतारलाई बराबरी र भारतजस्तो बलियो टोलीलाई पनि गत मार्चमै २–१ ले हराएर आफ्नो लेभल नै उच्च भइसकेको सन्देश दिइरहेको थियो।

यस्तोमा नेपालमाथि अफगानिस्तान नै हाबी हुन्छ भनेर कल्पना गर्नु नै मुनासिब थियो। तर, मुख्य प्रशिक्षक न्यौपानेको प्रशिक्षणमा उत्रिएको नेपाली टोलीले भने सबैको अड्कलबाजीलाई नै गलत साबित गर्‍यो र २–० को नतिजा निकाल्यो।

उनी भन्छन्, ‘पहिलो खेल ताजिकिस्तानसँग हारेपछि यो खेल पनि हार्छ भन्ने सबैलाई लागेको थियो। तर, मलाई भने जित्छौं भन्ने आत्मविश्वास थियो। पहिलो खेलमा एक दिन मात्रै प्रशिक्षण गर्न पायौं। अर्को दिन एकदमै चिसो भएर नतिजा दिन सकेनौं। यो खेलमा मौसम पनि राम्रो भयो। मिडफिल्डलाई पनि पूरै चेन्ज गर्दा योजना अनुसार नै नतिजा मिल्यो।’

प्रशिक्षक न्यौपानेले ताजिकिस्तानविरुद्धको खेलमा पहिलो रोजाईमा मैदानमा उत्रिएका डिफेन्डर सुमित श्रेष्ठ र विमल पाण्डे तथा मिडफिल्डर एरिक विष्ट, रोहन कार्की र भरत खवासलाई ‘बेञ्च’ मा राख्दै फिफा अफगानिस्तानविरुद्ध खेल्ने टिम घोषणा गरेका थिए।

उनले डिफेन्डर अभिषेक लिम्बू, मिडफिल्डर मणि लामा, उत्सव राई, मनीष डाँगी र फरवार्ड आयुष घलानलाई पहिलो रोजाईमा खेल्ने अवसर दिए। कप्तान एवम् गोलकिपर किरण चेम्जोङ, डिफेन्डसमा रोहित चन्द, छिरिङ लामा र सनिश श्रेष्ठ, अग्रपंक्तिमा जिलेस्पीजंग कार्की र अन्जन विष्ट यथावत् राखे। घरेलु टिम ताजिकिस्तानविरुद्ध ५–३–२ को संरचनामा खेलाएका उनले अफगान टिमविरुद्ध ४–३–३ को शैली अपनाए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरुआतमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए। ७८औं मिनेटमा रोहित चन्दले राष्ट्रिय जर्सीमा करियरकै पहिलो गोल गरे। त्यही गोलसँगै नेपालले १३ वर्षपछि सहज जित निकाल्यो। 

नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित एएफसी च्यालेन्ज कप २०१२ छनोटमा हात पारेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १–० (अप्रिल, २०११) मा भएको खेलमा भरत खवासले निर्णायक गोल गरेका थिए। त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको थियो।

साफका ती दुवै सेमिफाइनल (नयाँ दिल्ली २०११ र काठमाडौं २०१३) को भेटमा अफगानिस्तानले बाजी मार्‍यो। उसले पहिलो सेमिफाइनल अतिरिक्त समय र दोस्रो सेमिफाइनल नियमित समयमै जितेको थियो। काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो। तर, यसपल्ट उनले नै नेपाललाई जिताउन महत्त्वपूर्ण भूमिका खेले।

डेढ दशकपछि राष्ट्रिय जर्सीमा उनले गरेको गोल पहिलो रहेको थाहा पाउँदा प्रशिक्षक न्यौपानेलाई ‘सर्प्राइज’ मिलेको थियो। उनी भन्छन्, ‘मैले भरखरै थाहा पाएँ। रोहितले यत्रो वर्षदेखि नेपाली फुटबललाई योगदान दिइरहेको छ। सबै क्रेडिट म खेलाडीहरूलाई नै दिन चाहन्छु। यो दुई हप्तामा उनीहरूले गरेको मिहिनेतको नतिजा हो।’

अफगानिस्तानले यो ११ वर्षमा फुटबलमा धेरै परिवर्तन गरेको छ। टोलीका प्राय: खेलाडी विदेशी लिगमा आबद्ध छन्। ती लिगमा बटुलेको अनुभव नेपालविरुद्धको खेलमा पनि देखिएको उनको भनाइ छ। त्यसैले यस्तै ठूला टिमसँग बारम्बार खेलिरहे अफगानिस्तानजस्तै साफबाट नेपाल ‘अपग्रेड’ हुन सक्ने उनले बताए।

‘हामी टोलीमा पनि पोटन्सियल भएका खेलाडी छन्। उनीहरूलाई पनि राम्रो सुविधा दिएर र यस्तै ठूला टोलीहरूसँग प्रतिस्पर्धा गराइरहने हो भने हामी यो क्षेत्रबाट माथिल्लो स्तरमा उक्लिन सक्छौं,’ उनले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार