शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा जीवनरामको कार्यकाल थप्ने एजेण्डा !

शुक्रबार, २३ कार्तिक २०८१खेलपाटी संवाददाता
ओलम्पिकमा जीवनरामको कार्यकाल थप्ने एजेण्डा !
Classic Tech Internet Ad

काठमाडौं । विधान संशोधननको एजेण्डा सहित नेपाल ओलम्पिक कमिटिको कार्य समितिको बैठक आह्वान गरिएको छ । विधान अनुसार अध्यक्षको दुई कार्यकालको नियमलाई संशोधन गर्ने एजेण्डा सहित कार्य समितिको बैठक आह्वान गरिएको हो । महासचिव निलेन्द्रराज श्रेष्ठले मुख्यत विधान संधोन र स्वीकृतिको एजेण्डा राखेर बैठक बोलाएका छन् । बैठक आगामी सोमबार बिहान साढे ८ बजे सातदोबाटोस्थित एनओसी भवनमा बस्ने बताईएको छ । 

नेपाल ओलम्पिक कमिटि (एनओसी)को विधान अनुसार दुई कार्यकाल पुरा गरेका अध्यक्ष जीवनराम श्रेष्ठले पुन नेतृत्वमा बस्ने कसरत सहित विधान संशोधन गर्न चाहेका छन् । सोही अनुसार एनओसीको विधान संशोधन गरेर तेस्रो पटक नेतृत्व लिन श्रेष्ठले कसरत थालेका छन् । एनओसी अध्यक्षको दुई कार्यकाल रहने नियमलाई संशोधन गरेर वर्तमान नेतृत्वले हटाउने खोजेको छ । एनओसीको आसन्न नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा जीवनराम अवैधानिक रुपमा विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने दाउमा छन् । 

कमिटिभित्र सर्वसम्मत विधान संशोधनका लागि प्रयास गरेका जीवनराम असफल बनेपछि बहुमतका आधारमा विधान संशोधनको कसरत थालेका छन् । कमिटिभित्र कुनै एक ब्यक्तिको स्वार्थलाई लिएर विधान संशोधन गर्न नहुने मत समेत रहेको छ । तर बहुमतका आधारमा विधान संशोधन कार्यसमिति बैठकबाट पारित गराउने जीवनरामको तयारी छ । आफ्नो कार्यकालको विषयमा विधान संशोधनका लागि जीवनरामले आफु निकटका सम्पुर्ण सदस्यहरुसँग लगातार आन्तरिक छलफल गर्दै आएका थिए । तर वर्तमान कार्यसमितिकै केही सदस्यले चुनावको मुखमा विधान संशोधनको विषयले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा गलत सन्देश जाने भन्दै जीवनरामलाई सचेत गराएका थिए । 

एनओसीकै एक बोर्ड सदस्यले जीवनरामले संशोधन गर्न खोजेको कार्यकालको ब्यवस्था नेपालको प्रचलित खेलकुद ऐन र अन्तराष्ट्रिय मान्यता विपरित रहेको जानकारी गराएको बताए । बहुमतकै बलमा विधान संशोधन गरेर नेतृत्वमा टिक्ने कदमले ओलम्पिक मुभमेन्टमा गलत सन्देश भन्दै केही सदस्यले विरोध पनि गरेका छन् ।

विधान अनुसार एनओसीको वर्तमान कार्यसमितिको पदावधि करिब एक वर्ष अघिनै सकिएको थियो । तर कोभिड महामारी र पेरिस ओलम्पिकको कारण देखाउँदै वर्तमान कार्यसमितिको पदावधि एक वर्ष थपिएको थियो ।

‘नेपालको ऐन, कानुन र अन्तराष्ट्रिय प्रचलन विपरित चुनावको मुखमा विधान संशोधन गर्न खोजेर ओलम्पिक नेतृत्वले पुन खेलकुदमा द्धन्द निम्त्याउन खोजेको देखिन्छ । अध्यक्षको यो कदमले नेपालको ओलम्पिक अभियानलाईनै धक्का पुग्ने पक्का छ’ एक पदाधिकारीले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने