शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा जीवनरामको कार्यकाल थप्ने एजेण्डा !

शुक्रबार, २३ कार्तिक २०८१खेलपाटी संवाददाता
ओलम्पिकमा जीवनरामको कार्यकाल थप्ने एजेण्डा !
Loading ad...
mustang rice ad

काठमाडौं । विधान संशोधननको एजेण्डा सहित नेपाल ओलम्पिक कमिटिको कार्य समितिको बैठक आह्वान गरिएको छ । विधान अनुसार अध्यक्षको दुई कार्यकालको नियमलाई संशोधन गर्ने एजेण्डा सहित कार्य समितिको बैठक आह्वान गरिएको हो । महासचिव निलेन्द्रराज श्रेष्ठले मुख्यत विधान संधोन र स्वीकृतिको एजेण्डा राखेर बैठक बोलाएका छन् । बैठक आगामी सोमबार बिहान साढे ८ बजे सातदोबाटोस्थित एनओसी भवनमा बस्ने बताईएको छ । 

नेपाल ओलम्पिक कमिटि (एनओसी)को विधान अनुसार दुई कार्यकाल पुरा गरेका अध्यक्ष जीवनराम श्रेष्ठले पुन नेतृत्वमा बस्ने कसरत सहित विधान संशोधन गर्न चाहेका छन् । सोही अनुसार एनओसीको विधान संशोधन गरेर तेस्रो पटक नेतृत्व लिन श्रेष्ठले कसरत थालेका छन् । एनओसी अध्यक्षको दुई कार्यकाल रहने नियमलाई संशोधन गरेर वर्तमान नेतृत्वले हटाउने खोजेको छ । एनओसीको आसन्न नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा जीवनराम अवैधानिक रुपमा विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने दाउमा छन् । 

कमिटिभित्र सर्वसम्मत विधान संशोधनका लागि प्रयास गरेका जीवनराम असफल बनेपछि बहुमतका आधारमा विधान संशोधनको कसरत थालेका छन् । कमिटिभित्र कुनै एक ब्यक्तिको स्वार्थलाई लिएर विधान संशोधन गर्न नहुने मत समेत रहेको छ । तर बहुमतका आधारमा विधान संशोधन कार्यसमिति बैठकबाट पारित गराउने जीवनरामको तयारी छ । आफ्नो कार्यकालको विषयमा विधान संशोधनका लागि जीवनरामले आफु निकटका सम्पुर्ण सदस्यहरुसँग लगातार आन्तरिक छलफल गर्दै आएका थिए । तर वर्तमान कार्यसमितिकै केही सदस्यले चुनावको मुखमा विधान संशोधनको विषयले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा गलत सन्देश जाने भन्दै जीवनरामलाई सचेत गराएका थिए । 

एनओसीकै एक बोर्ड सदस्यले जीवनरामले संशोधन गर्न खोजेको कार्यकालको ब्यवस्था नेपालको प्रचलित खेलकुद ऐन र अन्तराष्ट्रिय मान्यता विपरित रहेको जानकारी गराएको बताए । बहुमतकै बलमा विधान संशोधन गरेर नेतृत्वमा टिक्ने कदमले ओलम्पिक मुभमेन्टमा गलत सन्देश भन्दै केही सदस्यले विरोध पनि गरेका छन् ।

विधान अनुसार एनओसीको वर्तमान कार्यसमितिको पदावधि करिब एक वर्ष अघिनै सकिएको थियो । तर कोभिड महामारी र पेरिस ओलम्पिकको कारण देखाउँदै वर्तमान कार्यसमितिको पदावधि एक वर्ष थपिएको थियो ।

‘नेपालको ऐन, कानुन र अन्तराष्ट्रिय प्रचलन विपरित चुनावको मुखमा विधान संशोधन गर्न खोजेर ओलम्पिक नेतृत्वले पुन खेलकुदमा द्धन्द निम्त्याउन खोजेको देखिन्छ । अध्यक्षको यो कदमले नेपालको ओलम्पिक अभियानलाईनै धक्का पुग्ने पक्का छ’ एक पदाधिकारीले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल