आइपिएल अक्सनमा नेपालबाट दर्ता भएनन् खेलाडी
बुधबार, कार्तिक २१, २०८१खेलपाटी संवाददाता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ सिजनका लागि १५ सय ७४ खेलाडी अक्सनका लागि दर्ता भएका छन्।
अक्सन नोभेम्बर २४ र २५ मा साउदी अरबको जेद्दामा हुनेछ।
आइपिएलले नोभेम्बर ४ सम्म खेलाडी दर्ता गरेको थियो। जसमा एक हजार १६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएका हुन्। यो सूचीमा ३२० क्याप्ड, एक हजार २२४ अनक्याप्ड र ३० एसोसिएट राष्ट्रका खेलाडी दर्ता भएका छन्।
एसोसिएट राष्ट्रबाट क्यानडाका चार, इटालीका एक, नेदरल्यान्ड्सका १२, स्कटल्यान्डका दुई, युएईका एक र अमेरिकाका १० खेलाडी दर्ता भएका छन्। तर, नेपालबाट एक खेलाडी पनि दर्ता भएका छैनन्। यसअघि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुई सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए।






-1761469666142.jpg&w=3840&q=75)


copy-1761474438174.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
