तेक्वान्दोकी अञ्जलीलाई स्वर्ण

काठमाडौं। अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जितेकी छन्।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको तेक्वान्दो सिरिजमा अञ्जलीले ग्यरोगीतर्फ महिला ६२ केजी तौलसमूहमा स्वर्ण जितेको गोर्खा तेक्वान्दोका प्रशिक्षक उज्जवल गुरागाईंले जानकारी दिए। भिक्टोरियास्थित क्रेगबर्न स्पोर्ट्स स्टेडियममा भएको फाइनलमा अञ्जलीले अस्ट्रेलियाकै फिडोर पाकलाई १२–३ स्कोरले हराइन्। त्यसअघि उनले पहिलो चरणमा नेपालकै सन्ध्या सिंहबाट बाई पाएकी थिइन्।
सेमिफाइनलमा पनि उनले अस्ट्रेलियाकै इसाबेल पाभियालाई १५–५ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्। नेपाल आर्मीका पूर्वखेलाडीसमेत रहेका प्रशिक्षक गुरागाईंले यसै प्रतियोगिताका लागि अञ्जलीले धेरै मिहेनत गर्दै उत्कृष्ट प्रदर्शन गरेको बताए।
अञ्जलीले लामो समयदेखि ४९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै आइरहेकी छन्। उनले चीनमा सम्पन्न १९औं एसियन गेम्समा पनि यसै तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन्। उक्त एसियन गेम्समा अञ्जलीले एक फाइटसमेत जितेकी थिइन्।
तर, अन्तिम आठमा भने उनी थाइल्यान्डकी पानिपाक वाङफातानकितसँग पराजित भइन्। पानिपाकले सोही एसियाडमा स्वर्ण पदक पनि जितेकी थिइन्।








-1753017726.jpeg&w=3840&q=75)




-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)
-1761787756366.webp&w=3840&q=75)
