घाईते साका टिम बाहिर
शनिबार, २६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं । आर्सनलका विङ्गर बुकायो साका ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।
आईतबार नेसन्स लिगमा फिनल्याण्डसँग खेल्न लागेको ईङ्ल्याण्डको टिमबाट साकालाई बाहिर राखिएको हो ।
बिहीबार ग्रिसविरुद्धको खेलमा दोस्रो हाफमा २३ वर्षका साकालाई मैदान बाहिर निकालिएको थियो । उनको दायाँ खुट्टामा चोट लागेको छ ।
ईङ्ल्याण्डको टिम बाहिर निकालिएपछि साका आर्सनल फर्किएका छन् । उनी आफ्नो चोटको उपचारमा लाग्नेछन् ।
साका यस सिजन आर्सनलका लागि सबै खेलमा उपलब्ध रहे । उनले १० खेलमा तीन गोल समेत गरेका थिए ।
आर्सनलले अन्तराष्ट्रिय ब्रेकपछि अक्टोबर १९ मा बर्नमाउथविरुद्ध खेल्दैछ ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)