रियलले भेट्टायो बार्सिलोनालाई
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनालाई भेट्टाएको छ। शनिबार राति भएको खेलमा भिल्लारियललाई २-० ले पराजित गर्दै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो।
जितसँगै रियलले ९ खेलबाट २१ अंक पुर्याएको छ। शीर्ष स्थानको बार्सिलोनाको पनि समान अंक छ। तर, उसले एक खेल कम खेलेको छ। तेस्रो स्थानको भिल्ला रियलको भने यो दोस्रो हार हो। उसको १७ अंक छ।
१४औं मिनेटमै कप्तान लुका मोड्रिचको क्रसमा फेडेरिको भल्भर्डोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। ७३औं मिनेटमा फेडेरिकोको पासमा भिनिसियस जुनियरले अर्को गोल गर्दै रियलको जित पक्का गरे।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

