सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक टमाटा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले जगत टमाटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
टमाटाको प्रशिक्षणमा सुदूरपश्चिम रोयल्सले एनपिएलमा उच्च प्रर्दशनको अपेक्षा राखेको छ। राष्ट्रिय टोलीका खेलाडी हुँदै टमाटाले राष्ट्रिय खेलकुद परिषद्को क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली महिला र पुरुष तथा यु १९ को टोलीलाई पनि उनले प्रशिक्षण दिएका थिए। उनकै प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओडिआई मान्यता पाएको थियो। हाल राष्ट्रिय टोलीको कन्सल्ट्यान्टका रुपमा टमाटा क्यानडा भ्रमणमा छन्।
सुदूरपश्चिम रोयल्सले आफ्नो लोगोको यसअघि नै सार्वजनिक गरिसकेको छ। सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग रहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलमा चितवनसहित विराटनगर किंग्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।










-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

