नेपाल प्रिमियर लिगको अक्सनमा १४२ खेलाडी
बुधबार, १६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १४२ नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ।
प्रतियोगिताका लागि असोज ५ गते दर्ता प्रकृया खुला गरिएको थियो। उक्त दर्ता प्रकृया असोज १२ गते बन्द भएको थियो। अक्सनका लागि ४२३ खेलाडी दर्ता भएका थिए। त्यसमध्ये नेपाल प्रिमियर लिग समितिले १४२ खेलाडीलाई अक्सनमा सहभागी गराउने निर्णय गरेको क्यानले जनाएको छ।
अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी छन्। अक्सन आउँदो असोज २० गते हुने क्यानले जनाएको छ। एनपीएलको तयारीमा जुटेको क्यानले टिम सहित मार्की खेलाडी टुंगो लगाइसकेको छ।






-1778080143092.jpeg&w=3840&q=75)





-1778148743099.webp&w=3840&q=75)


