एसिया रग्बी सेभेन्सको पूर्वसन्ध्यामा ‘नो योर गेम्स’ कार्यशाला
सोमबार, असोज १४, २०८१खेलपाटी संवाददाता
-1727708393.jpeg&w=3840&q=75)
काठमाडौं। एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्वसन्ध्यामा सोमबार ‘नो योर गेम्स’ कार्यशाला गरिएको छ।
नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मञ्च (एनएफजेएफ) एकेडेमीको संयुक्त आयोजनामा बुढानीलकण्ठस्थित लेमन ट्री होटलमा कार्यशाला गरिएको हो।
उक्त कार्यशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य अञ्जना श्रेष्ठ मास्के, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी, अध्यक्ष देवेन्द्र सुवेदीलगायतको उपस्थिति थियो।
कार्यक्रमको उदेश्य खेलपत्रकारहरूलाई रग्बीका नियमबारे जानकारी दिनु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा ३० जना खेलपत्रकारको सहभागिता थियो। एसिया रग्बी अक्टोबर ४ देखि ५ तारिखसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।







-1762154705887.png&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)