माल्दिभ्समा पुलिसको पाँचौं जित
शुक्रबार, असोज ४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एक खेलअगावै नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको प्रारम्भिक चरणमा शतप्रतिशत जित हासिल गरेको छ। शुक्रबार भएको प्रारम्भिक चरणको अन्तिम खेलमा नेपाल पुलिसले घरेलु टोली माल्दिभ्स पुलिस क्लब ३–१ ले पराजित गरेको हो।
योसँगै नेपाल पुलिसले पाँच खेलबाट १४ अंक जोडेको छ। नेपाल पुलिसले १५ सेट जित्दा तीन सेट मात्रै गुमायो। नेपाल पुलिसले पहिलो सेट २५–१३ ले सहजै जितेको थियो।
दोस्रो सेट प्रतिस्पर्धात्मक बनेको थियो। तर, नेपाल पुलिसले उक्त सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट भने नेपाल पुलिसले २३–२५ ले गुमायो। अन्तिम सेट २५–१९ ले पुनरागमन गर्दै नेपाल पुलिस विजयी बनेको हो।
बिहीबार घरेलु टोली वाम्कोलाई नेपाल पुलिसले ३–२ को सेटमा पराजित गरेको थियो। अन्य तीन खेलमा भने नेपाल पुलिसले ३–० को सोझो सेटमा जित हासिल गरेको थियो।









-1761641224925.jpeg&w=3840&q=75)





-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)