काठमाडौं। हिमालयन चेस एकेडेमीले संविधान दिवसमा प्याट्रिओटिक पन चेस च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
एकेडेमीले विभिन्न विधामा बिहीबार प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता एकेडेमीमै हुनेछ। प्रतियोगितामा बोइज र गर्ल्सतर्फ समान चार विधामा प्रतिस्पर्धा गराइने एकेडेमीकी संस्थापक मोनालिसा खम्बूले जानकारी दिइन्।
‘बच्चाहरूलाई प्रोत्साहन होस् भनेर हामीले महिनामा एक इभेन्ट आयोजना गरिरहेका छौं। त्यसलाई निरन्तरता दिँदै यो प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ उनले भनिन्। प्रतियोगितामा यु–७, यु–९, यु–११ र यु–१३ का बोइज र गर्ल्सले सहभागिता जनाउने छन्। प्रतियोगिता र्यािपिडमा हुनेछ। यो प्रतियोगितामा करिब ४० जनाले सहभागिता जनाउने पक्का भएको छ। प्रतिस्पर्धालाई रोमाञ्चक बनाउनका लागि थोरैलाई मात्रै समेटिएको उनले जानकारी दिए।
‘प्रोफेसनल देखिनको लागि भए पनि हामीले थोरैलाई सहभागी गराउन लागेका हौं। यसले प्रतियोगितालाई पनि प्रतिस्पर्धामा लैजान्छ भन्ने विश्वास लिएका छौं,’ उनले भनिन्। हरेक विधाका उत्कृष्ट तीन प्रतिस्पर्धीले पुरस्कारको व्यवस्था पनि गरिएको खम्बूले जानकारी दिइन्।