सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मैदान संरक्षणमै सकस 

सोमबार, ३१ भाद्र २०८१अर्जुन काफ्ले
मैदान संरक्षणमै सकस 
mustang rice ad

पथरी। मोरङमा आयोजना हुने ठूला फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या पथरीशनिश्चरे नगरमा बाक्लै छ। तर, नगरमा भने न प्रतियोगिता गर्न स्तरीय मैदान छ न त प्रशिक्षण गर्न नै। भएका केही मैदानसमेत संरक्षण हुन नसक्दा चरण क्षेत्र बन्न थालेका छन्। यसले गर्दा मैदान संरक्षणमै सकस पर्ने थालेको छ।

त्यसैको एक उदाहरण हो,  स्थानीय पथरी स्पोर्टिङ क्लबले संरक्षण गरिरहेको पथरी रंगशाला। यो रंगशालामा गाईबस्तु पसेर मैदान बिगारेको भन्दै स्थानीय क्लबका सदस्यले घेराबार गरेका थिए। मंसिरबाट घेराबार गरिए पछि मैदानमा घाँस उम्रिन थालेको क्लबका अध्यक्ष सुमन विक बताउँछन्। तर, स्थानीयवासीले नै मैदानमा बाख्रा चराइदिने, गाई गोरुदेखि सुँगुरसम्म चरनमा पठाइदिने गरेकाले मैदान बचाउन समस्या भएको उनी सुनाउँछन्। 

‘अरूले भन्दा पनि सरोकारवालाले मैदान संरक्षणका लागि चासो राख्नु पर्ने हो। तर, विडम्बना त्यसो हुन सकेन,’ उनी भन्छन्।

पथरी बजारमा रहेको पथरी रंगशाला र वडा नम्बर १० मा रहेको प्रस्तावित पथरीशनिश्चरे नगर रंगशालामा फुटबलका प्रतियोगिता सञ्चालन हुने गरेका छन्। 

प्रत्येक वर्ष भुटानी शरणार्थी शिविरको क्षेत्रमा पर्ने प्रस्तावित नगर रंगशालामा तेस्रो देश पुनर्स्थापित भुटानी शरणार्थीको आर्थिक सहयोगमा रिफ्युजी कप सञ्चालन हुने गरेको छ। तर, प्रतियोगिता सञ्चालन अवधिमा सम्म्याउने र खाल्डाखुल्डी पुरेर चिरिच्याट्ट बनाइने मैदान अरू बेला चरन क्षेत्र बन्ने गरेको छ। स्थानीय प्रशासनले केही संघसंस्थाले मेला महोत्सव सञ्चालन गर्ना स्वीकृति दिने भएकाले पनि मैदानको स्वरूप बिग्रिँदै आएको हो। 

मैदान बचाउन सबैलाई आग्रह गरे पनि अटेर गरेकै कारण संरक्षण सकस परेको स्थानीय युवा शिव कार्की बताउँछन्। ‘सरकारी रकम पनि मैदानमा खर्च हुन्छ। तर, स्थानीयले यो कुरा बुझ्दैनन्। खेलप्रेमी र खेलाडीले मात्र संरक्षण नहुने रहेछ,’ उनी भन्छन्, ‘मैदानमा खाल्डाखुल्डी मात्रै छैन भैँसी आहाल बसेर मैदानजस्तो देखिँदैन।’
 
मैदानमा पशु नछोड्न गरेको आग्रह गरेपनि अटेर गरेको पथरी स्पोर्टिङ क्लबका सदस्य करण याक्खा सुनाउँछन्। त्यसैले पथरी रंगशालामा त तारबार र बाँस कै तगारो राख्नु परेको छ। जेठमा पथरीशनिश्चरे गोल्डकप गर्ने भनेर गत वर्षदेखि नै रंगशाला बन्द गरिएको छ। मैदान संरक्षणपछि मैदानको स्वरूप नै परिवर्तन भएको छ। 

मैदानमा लगानी गर्ने र खेल प्रतियोगिताका बेला मात्रै संरक्षणका कुरा भाषण गरेर हुँदैन। यसका लागि नगरभित्र भएका मैदानलाई संरक्षण गर्न जरुरी छ। यति गरे बेलाबेलामा गर्ने गुनासो सम्बोधन हुन सक्थ्यो कि? 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

Bajaj Pulsar Motorcycle Ad
बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

सत्यवतीको फराकिलो जित

सत्यवतीको फराकिलो जित

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

टिकापुरको सानदार जित

टिकापुरको सानदार जित

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना