• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
बार्सा नेपाल अब आधिकारिक समर्थकको क्लब !
खेलपाटी संवाददाता
शनिबार, भदौ २२, २०८१ खेलपाटी संवाददाता
बार्सा नेपाल अब आधिकारिक समर्थकको क्लब !

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाको फ्यान क्लब बार्सा नेपालले 'पेन्या बार्सा दी एभरेस्ट'को रुपमा नेपालको आधिकारिक समर्थकको क्लबको रुपमा मान्यता पाएको छ । 

पछिल्लो एक दशकदेखि आधिकारिक समर्थकको क्लब हुन प्रयास गरिरहेको बार्सा नेपालले हालैमात्र सो मान्यता प्राप्त गरेको हो । 

सो अवसरमा बार्सा नेपालले काठमाडौंमा शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्यो । हालै एफसी बार्सिलोनामा आधिकारिक पेन्या समर्थक क्लबको रूपमा आफ्नो दर्ता पूरा गरेको बार्सा नेपालले भेटघाट कार्यक्रमको आयोजना गरेको हो । 

सन् २०१३ मा स्थापना भएको एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रम, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको छ । 

सचिव सिताराम दाहालले उपस्थित अतिथी र सम्पुर्णलाई स्वागत गरे ।

मुख्य अतिथि पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाले अध्यक्ष प्रकाश घर्तीको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो अनावरण गरेका थिए ।

कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो, जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरिएको थियो ।
सय भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू उपस्थित कार्यक्रममा खेलकुद क्षेत्रका चर्चित अनुहार फुटबलर हरि खड्का, राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

विशेष अतिथिका रूपमा ई स्पोर्ट्स संघ नेपालका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी, सचिव आशिष दाहाल, बोर्ड सदस्य घनश्याम ढुंगेल, राष्ट्रिय फुटसल टिमका सहायक प्रशिक्षक थमन भुसालको पनि उपस्थिती थियो ।

उपस्थित सदस्यलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित 'पेन्या बार्सा दी एभरेस्ट'का क्यापहरू प्रदान गरियो, जुन स्पेनबाट आएको थियो ।

मुख्य अतिथी बिक्रम लामाले पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकका लागि एक महत्वपूर्ण उपलब्धिको रुपमा ब्याख्या गरे । उनले बार्सिलोना क्लब र नेपालमा यसको समर्पित समर्थकहरूको बीचको बलियो सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको कथन थियो । 

पेन्या बार्सा  दी एभरेस्टका अध्यक्ष प्रकाश घर्तिले निकै प्रयासपछि आफुहरुले बार्सिलोनाबाट आधिकारिक रुपमा मान्यता प्राप्त गर्न सकिएको बताए । उनले फ्यान क्लबले खेलकुदसँगै सामाजिक काममा आफुहरुलाई अझ क्रियाशिल बनाउने उल्लेख गरे ।

कार्यक्रममा बार्सिलोनाका अध्यक्ष जुवान लापोर्टाको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP