बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

हिमालयन तीज चेसमा शान्ति च्याम्पियन

शुक्रबार, भदौ २१, २०८१खेलपाटी संवाददाता
हिमालयन तीज चेसमा शान्ति च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं। हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन्। उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन्।

स्विस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इसा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्वाधिक ५ अंकसहित च्याम्पियन भएकी हुन्। ३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनि हुन्।

दुई वर्षअघि चेन्नाइमा भएको ४४ औं ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौं चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन्। निहाना श्रेष्ठ ४ अंकसहित उपविजेता भइन्। समान ४ अंक भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया सञ्जु तेस्रो भइन्। निहाना र अनैयाले एक मात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन्।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगितामा यु–१५ मा प्रज्ञा पन्त (४ अंक), यु–१३ मा एन्जल महर्जन (४ अंक), यु–११ मा नायुमा मगर (४ अंक), यु–९ मा प्रज्ना तुलाधर (३ अंक) र यु–७ मा चार्वी खेम्का (३.५ अंक) प्रथम भए। उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन्। ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अंक बटुल्दै पहिलो भइन्।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रीति राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक (लेक्चरर) विनीता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए।

एकेडेमीकी संस्थापक मोनालिसा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतिज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे।

गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रूपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ। उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी। उसले यसअघि एसइई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

Bajaj Pulsar Motorcycle Ad
पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

 टप–क्लास टोली पीएसजी

टप–क्लास टोली पीएसजी

 जितको लयमा फर्कियो बार्सिलोना

जितको लयमा फर्कियो बार्सिलोना

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान