कबड्डीको निर्णायक तथा प्रशिक्षक तालिम सुरु
काठमाडाैं। अखिल नेपाल कबड्डी संघको आयोजनामा राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक तालिम शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तालिमको एक कार्यक्रमबीच उद्घाटन गरे। तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी छन्। दुवै तालिम लिनेको संख्या भने ७० रहेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्।
सहभागीलाई प्रो कबड्डीका निर्णायक अजित, प्रो कबड्डीकै प्रशिक्षक श्रीनिवासन रेड्डी, महासचिव झालगायतले प्रशिक्षण दिने छन्। सैद्धान्तिक तालिम टेकु तथा व्यवहारिक तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। तालिम भदौ २७ गतेसम्म चल्नेछ।
कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीका रुपमा हासिल गर्न नसकेको उपलब्धी प्रशिक्षकका रुपमा पनि हासिल गर्न सकिने भएको हुँदा सहभागीलाई तालिमप्रति गम्भीर हुन सुझाउँदै कबड्डीको ट्रेनिङ सेन्टरका लागि आवश्यक पर्ने जग्गा र डिपीआर यसै वर्ष तयार गर्ने गरी तत्काल प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)