विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ११ जुनदेखि
बुधबार, भदौ १९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ११ जुन २०२५ देखि लर्ड्समा खेलिने भएको छ।
जारी विश्व टेस्ट च्याम्पियनसिपमा भारत र अस्ट्रेलिया अंक तालिकाको शीर्ष दुई स्थानमा छन्। ६८.५२ प्रतिशत अंकसहित भारत पहिलो स्थानमा छ भने ६२.५० प्रतिशत अंकसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ।
भारतले यस सिजन थप १० टेस्ट खेल्न बाँकी छ। भारतले यसै महिना बंगलादेशसँग खेल्नेछ। त्यसपछि घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन टेस्टको शृंखला खेल्ने छ।
यी दुई घरेलु शृंखलापछि भारतले अस्ट्रेलिया भ्रमण गर्नेछ। यसैबीच डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पनि श्रीलंकासँग दुई खेलको टेस्ट शृंखला खेल्नुपर्नेछ।









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



